३० बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानीबारे अध्ययन गर्न बसेको समितिको पहिलो बैठक सभापति चयन नगरी सकिएको छ । प्रदेशसभाबाट बैशाख १४ गते गठित समितिले आइतबारबाट काम थालेको थियो ।
पहिलो बैठकले १३ सदस्यीय समितिबाट सभापति चयन गर्ने र कार्यविधि बनाउने भनिए पनि बन्दका कारण सबै सदस्यहरु आउन नसकेपछि सामान्य छलफलमात्रै भएको छ । ज्येष्ठ सदस्य सरस्वती बस्नेतको अध्यक्षतामा बसेको बैठकमा समितिले कसरी अघि बढ्ने भन्नेबारेमा प्रारम्भिक छलफल भएको र सोमबार पनि बैठक बस्ने निर्णय भएको छ । समितिलाई कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन बुझाउने अवधी दिईएको छ ।
प्रदेश राजधानीबारे छलफलका लागि काभ्रे र भक्तपुरका प्रदेश सदस्यहरुले छुट्टाछुट्टै र रसुवा र नुवाकोटका प्रदेशसभा सदस्यले संयुक्त रुपमा प्रस्ताव दर्ता गरेपनि कार्यसूचिमा नराखिएपछि ३८ जना प्रदेशसभा सदस्यले निवेदन दर्ता गराएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले अध्ययन समिति गठन गरेका थिए ।
समितिमा एमालेका तर्फबाट दिपक निरौला, सरस्वती बस्नेत, बिजय सुवेदी, वसन्त मानन्धर, डा.रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का, जगत सिंखडा, काँग्रसबाट छिरिङ दोर्जे लामा, प्रभात तामाङ, विवेकशिल साझाका बिराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाकी रिता माझी र राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ छन् ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















