Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

भारतमा ‘निपाह’ भाइरसका कारण ११ जनाको मृत्यु

virus-1526960504.jpg

८ जेठ । भारतमा ‘निपाह’ नामक भाइरसले आतंक मच्चाएको छ । केरल राज्यमा यो भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको बताइएको छ भने अन्य कयौंमा संक्रमण रहेको बताइएको छ ।

केरल राज्यका स्वास्थ्यमन्त्री केके शायलजाका अनुसार यो भाइरसको प्रकृतिबारे पूर्ण रुपमा जानकारी आइसकेको छैन । मृतकका रगत तथा अन्य नमूना परीक्षणका लागि पुणेस्थित प्रयोगशालामा पठाइएको छ । केरलको तटीय सहर कोझिकोडमा एकै परिवारका तीन सदस्यको यही भाइरसका कारण मृत्यु भएको बताइएको छ । छिमेकीहरुका अनुसार उनीहरुले फलफूल खाएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस तीव्र रुपमा फैलिने गर्दछ । यसले जनावर र मानिसलाई संक्रमित गर्दछ । संक्रमितसँग सम्पर्कमा आउने जोसूकैलाई यो भाइरस सर्ने बताइन्छ । सन् १९९८ मा पहिलो पटक यो भाइरस देखिएको थियो । मलेसियाको कम्पङ्ग सुंगाई निपाहमा यो भाइरस पहिलोपटक फेला परेका कारण यसको नाम निपाह राखिएको हो । सन् २००४ मा बंगलादेशमा पनि यो भाइरस देखिएको थियो ।

चमेरोलाई यो भाइरस सार्ने माध्यम मानिएको छ । अन्य जीवजन्तु तथा चराबाट पनि यो भाइरस सर्न सक्ने अनुमान गरिएको छ । बंगलादेशमा यो भाइरसको संक्रमण फेला पर्दा स्थानीयले खजुरको रुखबाट निस्कने तरल पदार्थ खाएको बताइएको थियो । चमेराका माध्यमबाट खजुर हुँदै मानिसमा भाइरसको संक्रमण फैलिएको बताइन्छ ।

संक्रमित मानिसबाट मानिसमा पनि यो भाइरस फैलिने गरेको छ । भारतमै यस प्रकारले संक्रमित बढेको बताइएको छ । यो भाइरसलाई नियन्त्रणमा लिने कुनै खोप अहिलेसम्म विकसित भएको छैन । संक्रमण भएको केही दिनमै संक्रमित ‘कोमा’ मा पुग्ने (अचेत हुने) र मृत्युसमेत हुने गरेको बताइन्छ । यो भाइरसको संक्रमण लागेका मानिसलाई ज्वरो आउने, टाउको दुख्ने र ४८ घण्टा जतिपछि कोमामा पुग्ने बताइन्छ । ५० प्रतिशतजति संक्रमितलाई न्यूरोलोजिकल समस्यासमेत आउने चिकित्सकहरुको भनाइ छ ।

सामान्य रुपमा मानिसको सम्पर्कमा आउने चमेरा, सुँगुर लगायतबाट यो भाइरसको संक्रमण फैलने गर्दछ । तिनको सम्पर्कमा आएका फलफूल खाँदा मानिसमा यो भाइरस सर्न सक्छ । (एजेन्सी)

साभार : इमेज खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार