Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

भारतमा ‘निपाह’ भाइरसका कारण ११ जनाको मृत्यु

virus-1526960504.jpg

८ जेठ । भारतमा ‘निपाह’ नामक भाइरसले आतंक मच्चाएको छ । केरल राज्यमा यो भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको बताइएको छ भने अन्य कयौंमा संक्रमण रहेको बताइएको छ ।

केरल राज्यका स्वास्थ्यमन्त्री केके शायलजाका अनुसार यो भाइरसको प्रकृतिबारे पूर्ण रुपमा जानकारी आइसकेको छैन । मृतकका रगत तथा अन्य नमूना परीक्षणका लागि पुणेस्थित प्रयोगशालामा पठाइएको छ । केरलको तटीय सहर कोझिकोडमा एकै परिवारका तीन सदस्यको यही भाइरसका कारण मृत्यु भएको बताइएको छ । छिमेकीहरुका अनुसार उनीहरुले फलफूल खाएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस तीव्र रुपमा फैलिने गर्दछ । यसले जनावर र मानिसलाई संक्रमित गर्दछ । संक्रमितसँग सम्पर्कमा आउने जोसूकैलाई यो भाइरस सर्ने बताइन्छ । सन् १९९८ मा पहिलो पटक यो भाइरस देखिएको थियो । मलेसियाको कम्पङ्ग सुंगाई निपाहमा यो भाइरस पहिलोपटक फेला परेका कारण यसको नाम निपाह राखिएको हो । सन् २००४ मा बंगलादेशमा पनि यो भाइरस देखिएको थियो ।

चमेरोलाई यो भाइरस सार्ने माध्यम मानिएको छ । अन्य जीवजन्तु तथा चराबाट पनि यो भाइरस सर्न सक्ने अनुमान गरिएको छ । बंगलादेशमा यो भाइरसको संक्रमण फेला पर्दा स्थानीयले खजुरको रुखबाट निस्कने तरल पदार्थ खाएको बताइएको थियो । चमेराका माध्यमबाट खजुर हुँदै मानिसमा भाइरसको संक्रमण फैलिएको बताइन्छ ।

संक्रमित मानिसबाट मानिसमा पनि यो भाइरस फैलिने गरेको छ । भारतमै यस प्रकारले संक्रमित बढेको बताइएको छ । यो भाइरसलाई नियन्त्रणमा लिने कुनै खोप अहिलेसम्म विकसित भएको छैन । संक्रमण भएको केही दिनमै संक्रमित ‘कोमा’ मा पुग्ने (अचेत हुने) र मृत्युसमेत हुने गरेको बताइन्छ । यो भाइरसको संक्रमण लागेका मानिसलाई ज्वरो आउने, टाउको दुख्ने र ४८ घण्टा जतिपछि कोमामा पुग्ने बताइन्छ । ५० प्रतिशतजति संक्रमितलाई न्यूरोलोजिकल समस्यासमेत आउने चिकित्सकहरुको भनाइ छ ।

सामान्य रुपमा मानिसको सम्पर्कमा आउने चमेरा, सुँगुर लगायतबाट यो भाइरसको संक्रमण फैलने गर्दछ । तिनको सम्पर्कमा आएका फलफूल खाँदा मानिसमा यो भाइरस सर्न सक्छ । (एजेन्सी)

साभार : इमेज खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार