Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेश आकस्मिक कोषमा ५ करोड रहने

Pradesh-Sava1-1528013357.JPG

२० जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा आइतबार ‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७५’ प्रस्तुत भएको छ । प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक प्रस्तुत गरेका हुन् ।

विधेयकमा प्रदेश संचित कोषबाट ५ करोड रुपैँया झिकि प्रदेश आकस्मिक कोषमा राख्नुपर्ने र खर्च हुना साथ सोधभर्ना गर्नुपर्ने उल्लेख छ । बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरुले विधेयकले प्राकृतिक वा गैर प्राकृतिक विपद लगायतका आकस्मिक कार्यमा कोष खर्चिने जनाईएको भन्दै यसलाई विपद् न्यूनिकरणका पूर्व तयारीमा पनि खर्च गर्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए ।

उनीहरुले कोषमा रकम जम्मा हुने नियमित स्रोतको व्यवस्था गर्ने विधि कस्तो हुन्छ भन्नेबारेमा जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासको जवाफ दिंदै मन्त्री ढुंगेलले सुझावलाई सम्पत्तिको रुपमा लिई आवश्यकता अनुसार विधेयकमा समावेश गरिने बताए । छलफलमा प्रदेशसभा सदस्यहरु छिरिङ दोर्जे लामा, मिना ज्ञवाली, न्हुच्छेनारायण श्रेष्ठ, भावना सुवेदी, विराजभक्त श्रेष्ठ, नरोत्तम बैद्य, डा. राजेन्द्रमान श्रेष्ठले धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

थप समाचार