Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मूख्यमन्त्री र ७ प्रदेशका कानूनमन्त्रीहरुको गुनासो-बजेटले संघीयताको मर्म समेटेन

Baithak-Photo-1528025985.JPG

२० जेठ, हेटौँडा । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलसहित ७ वटै प्रदेशका कानून मन्त्रीहरुले संघीय सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन् । उनीहरुले बजेटले संघीयताको मर्म समेट्न नसकेको बताएका हुन् । 
हेटौँडामा आइतबार भएको ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले संघीय सरकारले ल्याएको बजेटले संघीयताको मर्मलाई नसमेटेको बताए । प्रधानमन्त्री केपि शर्मा ओलीसंग यसबारे आफुले कुरा राखेको उनले बताए । 
संचारकर्मीहरुसंग प्रतिक्रिया दिंदै प्रदेश ३ का संघीय मामिला एवं कानून मन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारले ल्याएको बजेट संघीयको मर्म अनुसार नभएकाले यसबारे संघीय सरकारलाई अवगत गराईने बताए । त्यसैगरी, ५ नम्बर प्रदेशका आन्तरिक मामिला एवं कानून मन्त्री कुलबहादुर केसीले पनि संघीयताको मर्म अनुसार संघीय बजेट नआएको बताए । उनले यसमा परिमार्जन आवश्यक रहेको बताउँदै यसबारे संघीय सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए । प्रदेश १ का आन्तरिक मामिला एवं कानून मन्त्री हिक्मतकुमार कार्कीले यसलाई संघीय सरकारले बजेटमा त्रुटि रहेका विषयमा सुधार गरेर प्रदेश र स्थानीय तहका मुद्धा सम्बोधन गर्नु जरुरी रहेको बताए । 
अन्तरक्रियापछि तत्काल प्रदेश तहमा प्रदेश प्रहरी, प्रदेश अनुसन्धान व्युरो गठन लगायतका कार्य गर्न विधेयकको काम अघि बढाउने निर्णय भएको पत्रकार सम्मेलन गरी जानकारी दिईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार