१० असोज, हेटौँडा । नेपालीहरुको मूख्य चाड दशैं, तिहार र छठ नजिकिदै गर्दा हेटौँडा बजारमा म्याद गुज्रिएका र गुणस्तरहिन सामानको विगविगी शुरु भएको छ । चाडपर्वमा बढि किनमेल हुने भएकाले व्यापारीले पनि उपभोक्ता ठग्न यही मौका छोप्ने गरेका हुन् ।
बजारमा दैनिकजसो भईरहेको अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहिन सामग्री फेला पर्न थालेका छन् । अन्य समयमा भन्दा चाडवाडको भिडमा यस्ता सामान कटाउन सजिलो हुने भएकाले गलत प्रवृत्तिका व्यापारीहरु अहिले सक्रिय भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडा र उपभोक्ता मञ्चको संयुक्त टोलीले हेटौंडा बजारका खाद्यान्न तथा किराना पसलबाट म्याद गुज्रिएको खाद्य पदार्थ, फोहोर सामग्री फेला पारेको छ ।
अनुगमन टोलीले त्यस्ता व्यापारीलाई एक पटक भन्दै सामानमात्रै जफत गरी नष्ट गरेको छ । बजारका दुई दर्जन किराना पसलबाट करीब १ लाख रुपैँया मूल्य बराबरको म्याद सकिएका खाद्य सामग्री भेटिएको थियो । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, प्रहरी नायब निरीक्षक विश्वनाथ यादब, घरेलु तथा साना उद्योग कार्यालयका प्रणय अर्याल, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रणका खाद्य प्राविधिक विक्रम लिम्बु, जगतप्रसाद चौधरी, दिनेश ढुङ्गाना, राष्ट्रिय उपभोक्ता मञ्चका महेश अग्रवाल, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा लगायतले बजार अनुगमन गरेका थिए ।
बजार अनुगमन गरेपनि ठोस कारवाही नहुँदा व्यवसायीहरु पटक पटक गलत काम गर्न सक्रिय हुने गरेको उपभोक्ताहरुको गुनासो छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...




-1792715895.jpg)









-nepal-1792111426.jpg)


