१ असार, हेटौँडा । प्रदेश ३ सरकारले आगामी आर्थिक बर्ष ०७५/०७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैँयाको बजेट ल्याएको छ । ३ नम्बर प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमध्ये चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार अर्थात ३८.९२ प्रतिशत र पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार अर्थात ६१.०८ प्रतिशत विनियोजन गरिएको छ । बजेटमा आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानीकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख, राजस्व बाँडफाँडबाट ८ अर्ब ९९ करोड ६६ लाख २७ हजार, सशर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख र नगद मौज्दात ७० करोड व्यवस्थापन गरिने ढुंगेलले बताए । बटेजमा प्रदेशका १ सय १९ स्थानीय तहको लागि समानिकरण अनुदान बाँडफाँड गर्न १ अर्ब रुपैँया छुट्याईएको छ ।
सशर्त अनुदानतर्फ विभिन्न प्रकृतिका योजनाका लागि ३ अर्ब ६३ करोड ८२ लाख रुपैँया रकम विनियोजन गरिएको छ र विनियोजन गर्दा प्रति स्थानीय तह १ करोड रुपैँया भन्दा कम नहुने गरी व्यवस्था मिलाईएको जनाईएको छ । विशेष अनुदान प्रति जिल्ला एक स्थानीय तहका हिसाबले विशेष अनुदानको रुपमा बाँडफाँड गर्न ६५ करोड रुपैँया विनियोजन गरिएको छ र यो रकम प्रति स्थानीय तहर्ला विशेष कार्यक्रमका लागि ५ करोड रुपैँया रकम विनियोजन गरिनेछ । बजेटमा ५० योजनाको सम्भाव्यता अध्ययन गरिने जनाईएको छ भने हेटौँडा र सिन्धुपाल्चोकमा बहुप्राविधिक महाविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने जनाईएको छ ।
त्यसैगरी, ५ लाख रुपैँयासम्मको योजनामात्रै उपभोक्ता समितिमार्फत सम्पन्न गर्ने जनाईएको छ । हेटौँडा–कुलेखानी र रसुवाको वेत्रावतिमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने जनाईएको छ । काठमाण्डौंमा लिफ्ट पार्किङको सम्भाव्यता अध्ययन गरिने जनाईएको छ । १ घर एक रोजगार, उद्योग बर्ष घोषणा, प्रदेश लागनी बोर्ड, दुध विकास बोर्ड जस्ता कार्यक्रम बजेटमा समावेश गरिएको छ ।
बजेट प्रतिक्रिया
प्रदेश ३ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बजेटमा बढि सम्भाव्यता अध्ययनको मात्रै कुरा गरेपनि ठोस गरेर बजेट विनियोजन गर्न नसकेको बताए । संघीयतापछिको पहिलो बजेट भएकाले यसका नकारात्मक पाटोबारे खोतल्नु भन्दा कार्यान्वयनमा दवाव दिनु जरुरी रहेको बताए । प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले सिमान्तकृत, लोपोन्मुख समुदायलाई बजेट नछोएको भन्दै शव्दमात्रै खर्चिएको बताए । प्रदेशसभा सदस्य रमेश पौड्यालले बजेटमा रोजगारीको सिर्जना जस्ता केही सकारात्मक विषय भएपनि बजेटमा धेरै अध्ययनका विषय समेटिएपनि बजेट उल्लेख नहुनु जायज नभएको बताए । उनले रातो किताव वितरण नगरेको प्रति समेत आपत्ति जनाए ।
३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...
३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...
२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...
२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...
२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...
२८ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा...
२८ बैशाख, हेटौंडा । नेपाल प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । तीनकुने घटनामा...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
२२ बैशाख, हेटौंडा । हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिमको उद्घाटन गरिएको छ। हेटौँडा गार्मेन्ट उद्यमी समूह,...
२१ बैशाख, हेटौंडा। नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
१६ बैशाख, हेटौंडा । मकवानपुरको बागमतीमा रुखले च्यापिदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ बागमती गाउँपालिका...
१९ बैशाख, हेटौंडा । हेटौंडा १६ कर्रा खोला पारी फाट्मा खाडलमा डिआइ गाडी जमीन भासिएर धसेको छ। शुक्रबार दिउँसो...