Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

नगरबस सञ्चालनमा आयो (फोटो फिचर सहित)

35363295_1667607046657932-1529125141.jpg

प्रालीका अध्यक्षलाई बसको साँचो हस्तान्तरण गदैॅ प्रमुख महत र पहरी उपरीक्षक श्रेष्ठ #फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर

२ असार, हेटौँडा । शनिवारबाट हेटौँडा नगरपालिका र आसपासका गाउँपालिकामा समेत यात्रुहरुलाई सेवा दिने उद्देश्यले नगर बस सञ्चालनमा आएको छ ।
मकवानपुर साझा यातायात प्रालिले सञ्चालनमा ल्याएको उक्त नगर बसको  शनिवार एक कार्यक्रमका विच हेटौँडा उपममहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मकवानपुरका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महतले नगर बसले नगरबासि र आसपासका गाउँबासिलाई सेवा पुग्ने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमै यो सेवालाई नगर आसपासका गाउँपालिकाहरुमा समेत सेवा विस्तार गर्ने बताए । उनले नगरपालिकाले बस सञ्चालनमा समन्वय गरेको जानकारी दिए ।
कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्रेष्ठले नगरबस सञ्चालनले नगरबासीलाई सुविधा दिनेमा विश्वास व्यक्त गर्दै प्रहरीले शन्तिसुरक्षामा कुनै कसुर बाँकि नराख्ने प्रतिवद्धता जनाए । उनले ट्राफिक नियम पालन गरी बस सञ्चालनमा ल्याउन समितिलाई आग्रह गरे ।
 प्रालिका अध्यक्ष भेष खड्गीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट, वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने, १२ नम्बर वडाका वडा अध्यक्ष ललित घलान, १७ नम्बर वडाका वडा अध्यक्ष भैरब राई, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई लगाएतकाको उपस्थिति रहेको थियो ।
प्रालिले हालका लागी सहचालक महिला सहितको १० वटा बस सञ्चालनमा ल्याएको छ ।

 

35369048_1667606816657955-1529125141.jpg

फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर

35430831_1667634593321844-1529125141.jpg

फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

थप समाचार