Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चुरे दिवसमा बृक्षरोपण र पुरस्कार वितरण

Churi-Diwas-1529153770.jpg

२ असार, हेटौँडा । “चुरे संरक्षण हाम्रो कार्यभार,बनाउँ यसलाई समृद्धिको आधार”भन्ने नाराका साथ पाँचौ चुरे दिवसको अवसरमा हेटौँडामा वृक्षरोपण तथा पुरस्कार वितरण गरिएको छ । 
हेटौडा–१६ चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समूहमा कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला वन कार्यालय,मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।
चिसापानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा खयर,चाप,ईपिल लगायतका २ सय विरुवाको वृक्षरोपण गरिएको थियो । कार्यक्रममा जिल्ला वन कार्यालय,मकवानपुरले चुरे दिवसको अवसरमा आयोजना गरिएको “चुरे क्षेत्र आजको आवश्यकता विषयक” निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो । प्रतियोगितामा बुद्ध माविकी उर्मिला मुक्तान प्रथम, महेन्द्र माविका प्रवेश चोलागाई द्धितिय र प्रभात माविका राजकुमार गोले तृतिय भएका थिए ।
जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धितालको प्रमुख आतिथ्यता एवम चिसापानी सामुदायिक वनका अध्यक्ष नारायण प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला,  जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विशाल भट्टराई,हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा,हर्नामाडी ईलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराई, पशु प्राविधिक विश्वनाथ यादव,जरुङशक्ती सामुदायिक वनका अध्यक्ष कुमार सिह खडका लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
सरकारले चुरे क्षेत्रको जंगलको संरक्षण गर्न आव ०६७/०६८ मा राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समिति गठन गरि चुरे क्षेत्रको वनजंगल संरक्षण गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

थप समाचार