१२ असार, हेटौँडा । संघीयदेखि प्रदेश सरकारबाट आफुहरु उपेक्षामा परेको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले गुनासो गरेका छन् ।
निल हिरा समाज काठमाण्डौंले मंगलबार हेटौँडामा गरेको संचारकर्मीसंगको अन्तरक्रियामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले आफुहरुलाई सबै तहका सरकारले उपेक्षा गरेको गुनासो गरेका हुन् ।
संघीयताले पछि परेका र अल्पसंख्यक समुदायको हितमा काम गर्ने अपेक्षा गरिएपनि अहिले प्रस्तुत भएका संघीयदेखि स्थानीय तहसम्मको नीति तथा कार्यक्रम र बजेटले यो समुदायलाई उपेक्षा गरेको उनीहरुको भनाई छ । निल हिरा समाजका उपनिर्देशक परशुराम राईले आफुहरु अधिकारको लडाईमा लागेको डेढ दशक नाघिसकेको बताउँदै संघीयतामा पनि आफुहरुको मुद्धालाई सम्बोधन गर्न राज्य तहले उदासिनता देखाएको आरोप लगाए । राज्यले विभिन्न अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर गर्नुका साथै संविधानमा पनि यो समुदायको अधिकारबारे स्पष्ट उल्लेख गरेपनि संघीयदेखि स्थानीय तहसम्मले यसलाई कार्यान्वयनका लागि नीति तथा कार्यक्रम अघि नसारेको बताए ।
कार्यक्रममा बोल्दै निल हिरा समाजका परियोजना अधिकृत विश्वराज अधिकारीले नेपालमा ९ लाखको हाराहारीमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको जनसंख्या रहेको बताउँदै उनीहरु पहिचानको आधारमा सरकारी कार्यालयमा रोजगारी पाउनबाट बन्चित रहेको बताए । कार्यक्रममा फ्रेन्ड्स हेटौँडाका सुरज थापा, बर्षा मगर लगायतले आफुहरु राज्य, समाज र परिवार दुबैको उपेक्षामा परेको भन्दै आफुहरु ठूलो समस्यामा रहेको बताए ।
आफुहरुको अधिकार प्राप्तिको लडाईमा संचारमाध्यमको सकारात्मक भूमिका रहेको भन्दै यसको निरन्तरताको अपेक्षा समेत उनीहरुको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारी, संचारकर्मी इन्दिरा न्यौपाने, निल हिरा समाजका संचार अधिकृत माधव दुलाल लगायतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अधिकार प्राप्तिका क्रममा रहेको भन्दै उनीहरुको आवाजलाई राज्यतहसम्म पु¥याउन संचारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्ने बताएका थिए ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















