१४ असार, हेटौँडा । नेपाल प्रेस काउन्सिलसंग जोडिएर पछिल्लो समय भईरहेका घटनाबारे नेपाल प्रेस युनियनले धारणा सार्वजनिक गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै काउन्सिलबारे पछिल्लो समय सार्वजनिक भईरहेका घटनाक्रमहरुलाई युनियनले गम्भिरतापूर्वक लिएको जनाएका छन् । विज्ञप्तिमा काउन्सिल इतिहासमै सबैभन्दा बढी बिबादमा तानिएको घटनाहरु नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि सुखद बिषय नभएको जनाईएको छ ।
यस्तो छ विज्ञप्ति
मितिः २०७५।३।१४
प्रेस विज्ञप्ती
प्रेस काउन्सिल नेपालसँग जोडिएर सार्वजनिक भइरहेका पछिल्ला घटनाक्रमहरुलाई नेपाल प्रेस युनियनले गम्भिरतापूर्वक नियालिरहेको छ। सञ्चार क्षेत्रसँग सम्वन्धित अर्ध न्यायिक निकायको रुपमा रहेको प्रेस काउन्सिल इतिहासमै सबैभन्दा बढी बिबादमा तानिएको घटनाहरु नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि सुखद बिषय हैन। यहि बीचमा आम नागरिक तहमा समेत प्रेस काउन्सिलका बारेमा अनेक भ्रम सिर्जना हुने दुखद अवस्था समेत बनेको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मुख थुन्ने हतियारको रुपमा प्रयोग हुँदै आएको विद्युतिय कारोवार ऐनका कारण प्रहरीले कार्वाही गर्ने अवस्थाबाट सञ्चारकर्मी र सञ्चारमाध्यका बिषय प्रेस काउन्सिलमा ल्याउने बारेमा विगतमा प्रेस काउन्सिलको भुमिका सह्रानिय छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रेस काउन्सिलका नेतृत्व तथा पदाधिकारीहरुको भुमिकाको हामी सम्मान गर्छौ। तर केहि दिनयता नेपाली जनमत नै बाँडिने गरि प्रेस काउन्सिलको पक्ष र विपक्षमा आइरहेका अभिव्यक्ति र टिप्पणीहरुले हामीलाई गम्भिर बनाएको छ। त्यसको प्रतिक्रियामा काउन्सिलका तर्फबाट चालिएका कदमहरुले पनि विगतमा काउन्सिलकै तर्फबाट भए गरिएका अभ्यासहरुलाई खण्डित गर्ने चिन्ता हामीलाई भएको छ।
नेपाल प्रेस युनियन प्रेस काउन्सिललाई वदनाम गराउने कुराको पक्षमा छैन भने कुनै पनि अर्थमा अराजकताको समर्थन पनि गर्दैन। यसको अर्थ शक्तिको प्रयोग गरेर कुनै व्यक्तिको पछि संस्थालाई लगाइ काउन्सिललाई विवादमा तान्नु हुँदैन भन्नेमा पनि युनियन त्यतिकै प्रष्ट छ। यहिबेला काउन्सिलको उजुरीमा देशका विभिन्न भागमा क्रियाशिल पत्रकारहरु र आम नागरिकहरुलाई उनीहरुले सामाजिक सञ्जालमा लेखेका आधारमा पक्राउ गरिएका र गर्न खोजिएको घटनाले समेत हामी गम्भिर भएका छौ। सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा समेत नयाँ रहेको हाम्रो समाजमा सबै बिषयको हल प्रहरी प्रसासनको वलमा खोज्ने र तिनलाई विद्युतिय कारोवार ऐन मार्फत कार्वाही गराउन खोज्ने कार्यले काउन्सिलको भुमिकामाथि प्रश्न उठेको छ। सरकार समेत काउन्सिल तथा यसको नेतृत्व तहलाई प्रयोग गरि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै निर्देशित लोकतन्त्रतर्फ उद्यत भएको होकी भन्ने आशंका पैदा भएको छ। सामाजिक सञ्जालमा ब्यक्त अभिव्यक्तिसँग जोडिएका सबै बिषयलाई विद्यतिय कारोवार ऐनमार्फत मात्र कार्वाही गर्न खोज्ने प्रवृतीले हामीलाई सहि बाटोतर्फ लैंजादैन भन्नेमा युनियन दृढ छ। तसर्थ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान तथा प्रेस काउन्सिलको गरिमालाई कायम राख्न नेपाल प्रेस युनियन काउन्सिल नेतृत्व र सबै सरोकारवालाहरु समक्ष अपिल गर्दछ। धन्यवाद। जय नेपाल।
अजयबाबु शिवाकोटी
महासचिव
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















