१५ आसार,हेटौडा ।नेपाली कांग्रेस मकवानपुरका नेता शंकर न्यौपानेले हाँडीखोलाको सीता माविका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप नगद रकम सहयोग गरेका छन् ।
तामाङ समुदायका बालबालिका अध्ययनरत मनहरी गाउँपालिका–२ भुन्द्रुङ टाँडीमा रहेको सीता माविमा शुक्रबार एक कार्यक्रमकाबीच न्यौपानेले गरिब विद्यार्थीको लागि छात्रवृत्ति स्वरुप २५ हजार रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् । गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार समेत रहेका उनले चुनावमा हार व्यहोरेपनि आफूले गरेका प्रतिवद्धताहरु सकेसम्म पूरा गर्ने अभियानमा आफू रहेको बताए । ‘म राजनीतिसंगै व्यवसायमा पनि आबद्ध छु, कमाएको रकमको केही प्रतिशत समाजसेवामा लगाउने उद्देश्य अनुरुप अघि बढिरहेको छु’, उनले भने, ‘चुनावको बेला यो विद्यालयलाई सहयोग गर्छु भनेर बोलेको पनि थिए । मलाई सामाजिक काम गर्दा सन्तोष मिल्ने गरेको छ ।’ समाजसेवालाई संस्कारको रुपमा विकास गर्नुपर्ने औंल्याउँदै उनले गाउँपालिकाको अध्यक्षको रुपमा सेवा गर्न नपाए पनि आफ्नो तवरले समाज सेवामा लागिरहने प्रतिबद्धता समेत जनाए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार पाख्रिनको अध्यक्षतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्थानीय त्रिरत्न प्राविका अध्यक्ष गुणसिंह रुम्बा, सीता माविका सल्लाहकार चन्द्रबहादुर मोक्तान, व्यवस्थापन समिति सदस्य शान्तिमाया थिङलगायतले विद्यालयको अवस्थाको बिषयमा जानकारी गराउँदै सहयोगीको खाँचो रहेको औंल्याएका थिए । विद्यालयमा ६ सय बिद्यार्थी रहेकोमा २ जना बाहेक सबै तामाङ समुदायका बालबालिकाहरु अध्ययनरत रहेका छन् ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















