१६ असार, हेटौडा । हेटौडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले वडाको पहिलो प्राथमिकता खानेपानी भएको बताएका छन् ।
चौघडामा शनिबार आयोजित सुरक्षित खानेपानी तथा सरसफाई सम्वन्धी सचेतनामुलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । स्वच्छ खानेपानी खान पाउने जनताहरुको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै वडा अध्यक्ष चौलागाईले सबैको सामुहिक प्रयास र सहयोगबाट ६ नम्बर वडाका सबै स्थानमा खानेपानी पु¥याउन वडा समिति सदैव क्रियाशिल रहने बताए ।
नेपाल फिलोसेफिकल रिसर्च सेन्टर काठमाण्डौको आयोजना,हेटौडा खानेपानी व्यवस्थापन बोर्डको सहकार्य र हेटौडा उपमहानगरपालिका ६ नं. वडा समितिको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा सेन्टरका डा. मायानाथ घिमिरेले सहिजकरण गरेका थिए ।
रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सुर्दशन ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष साधुराम चौलागाई, बोर्ड सदस्य कृष्ण धिताल,कर्मचारी माधव चौलागाई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा टोल विकास संस्था, स्थानीय र संचारकर्मी गरी ३५ जनाको सहभागिता थियो ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















