२४ असार , हेटौँडा । हेटौँडा ४ स्कुल रोडमा अबैध रुपमा संचालित रियल युनिक कम्पुटर ईन्स्टिच्युट बन्द गर्नुका साथै संचालकलाई प्रक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले असार १४ गते ७ दिन भित्र हेटौँडामा अबैध रुपमा संचालित शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रलाई प्रकृया पुरा गरी संचालन गर्न पत्रचार गरे पनि हेटौँडा संचालित शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरु दर्ता प्रक्रियामा नगएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडा सानोपोखराबाट खटि गएको प्रहरी र अनुगमन टोलीले आईतबार हेटौँडा बजार बिना अनुमती संचालित शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरुको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मकवानपुरबाट सार्वजनिक सुचना समेत जारी भएको अवस्थामा नेपाल सरकारको निति नियम तथा सुचना समेतलाई अबज्ञा गरी कारोवार सन्चालन गरेको अवस्थामा टोलीले मकवानपुर हेटौँडा ४ स्कुल रोडमा संचालित रियल युनिक कम्पुटर ईन्स्टिच्युटका संचालकलाई प्रक्राउ गर्नुका साथै ईन्स्टिच्युट बन्द गराएको प्रहरीले जनाएको छ ।
अनुगमनका क्रममा हेटौँडा ४ स्कुल रोडमा संचालित ईन्स्टिच्युटले नाम मात्र राखि कारोवार खोली अनुमति नलिईकन ब्रिलियन्ट एजुकेशन एण्ड सर्सेज प्रा.लि.को शाखा भनि प्रमाणपत्र देखाई बिभिन्न ब्यक्तीहरुलाई आएल्स तथा टोफेल जस्ता भाषा शिक्षा प्रशिक्षण गर्नुका साथै बिभिन्न ब्यक्तिहरुको पासपोर्ट लिई कार्यालयमा राखी बिभिन्न राष्ट्रमा पढ्न पठाउन शैक्षीक परामर्स दिने गरेको पाईएकोले रियल युनिक कम्प्युटर ईन्स्टीच्युटका सन्चालकलाई नियन्त्रणमा लिईएको र ईन्स्टीच्युट बन्द गरिएकोे मकवानपुर प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।
सिंहका अनुसार हेटौंडा ४ स्कुल रोडमा संचालित रियल युनिक कम्प्युटर एण्ड ल्याङ्ग्वेज इन्स्टिच्युटले २०७१ सालमा काठमाडौंको ब्रिलिएन्ट एजुकेशनलाई दिएको स्वीकृतिबाट यहाँ रियल युनिक संचालन गरेको पाइएकोले संचालकलाई पक्राउ गरेको बताए । उनले इन्स्टिच्युटबाट ४ वटा पासपोर्ट पनि बरामद गरिएको जनाकारी दिए ।
यता प्रकृया पुरा नगरेका अन्य केही कन्सल्टेन्सी संंचालकहरु भने अनुगमन भएको थाहा पाएपछि कन्सल्टेन्सी बन्द गरेर फरार अनुगमन टोलीमा रहेका वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले आईतबार आधा र्दजन भन्दा बढी कन्सल्टेन्सीहरुको अनुगमन गरिएको र यस्ता खाले प्रकृया पुरा नगरी संचालन रहेका शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरुलाई निगरानी गरिने र अनुगमनलाई निरन्तरता दिने बताए ।
विना स्विकृति संचालित शैक्षिक परामर्शको बिषयमा निरन्तर प्रस्ट खबरको टिमले खबरदारी गर्दै फलोअप गरेको थियो ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

















