२७ असार, हेटौँडा । हेटौँडा नगर क्षेत्रमा रहेका संचारमाध्यमहरुलाई व्यवसाय कर लगाउने हेटौँडा उपमहानगरपालिकाको प्रस्तावप्रति संचारमाध्यमका प्रतिनिधिहरुले विरोध गरेका छन् ।
उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष ०७५/०७६ मा संचारमाध्यमलाई करको दायरामा ल्याउने प्रस्ताव गरेको थियो । यसको विरोधमा संचारमाध्यमका प्रतिनिधिले प्रमुख हरिबहादुर महतलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा संचारमाध्यम राज्यले तोकेको निकायमा दर्ता भई सम्बन्धित निकायमा कर समेत तिरेर संचालनमा रहेको अवस्थामा पुनः उपमहानगरपालिकाले समेत करको दायरामा ल्याउन खोजेको प्रति आपत्ति जनाएको छ । ज्ञापनपत्रमा उपमहानगरपालिकाले प्र्रस्ताव गरेको व्यवसाय कर खारेजीको माग गरिएको छ ।
उपमहानगरपालिकाले संचारमाध्यमहरुलाई आफ्नो नियन्त्रणमा लिई अंकुश लगाउने काम गर्न लागेकोमा यसको विरोध गरिएको रेडियो मकवानपुरका स्टेशन प्रमुख राममणी दाहालले जनाए । ज्ञापनपत्र बुझ्दै प्रमुख हरिबहादुर महतले विगतमा पनि यो करबारे उल्लेख भएपनि कसैसंग कर नलिएको बताउँदै यसलाई छुट दिन सकिने बताए ।
ज्ञापनपत्र बुझाउन हेटौँडाका पत्रिका, रेडियो, अनलाईन, टेलिभिजन र अनलाईन टेलिभिजनका संचालक एवं प्र्रतिनिधिहरु उपमहानगरपालिका कार्यालय पुगेका थिए ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















