९साउन ,हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा बजारमा अवैध रुपमा संचालनमा रहेका शैक्षिक परामर्श र भाष शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरु अनुगमनमा तिव्रता दिएको छ । यसै क्रममा बुधबार वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटी गएको प्रहरी टोलीले हेटौंडा बजार क्षेत्रमा प्रक्रिया बिना अबैध रुपमा संचालन भइरहेको शैक्षिक परामर्श वा भाष शिक्षा केन्द्रका ६ संचालकहरुलाई पक्राउ गरेको छ । अध्ययन भिसामा पठाई विभिन्न देशहरुमा राम्रो काम पाउने वा राम्रो काममा लगाईदिने भनी प्रलोभन देखाई युवा–युवतीसँग मोटो रकम असुल्ने गर्ने ६ वटा शैक्षिक परामर्श वा भाष शिक्षा केन्द्रका संचालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएको सार्वजनिक सुचनाको समेत अवज्ञा गरी कारोवार संचालन गर्दै आएका, शिक्षा मन्त्रालयबाट अनुमति नलिइ र प्रक्रिया पुरा नगरी कक्षा संचालन गर्ने गरेका हेटौंडाका ६ वटा इन्स्टिच्युटका संचालकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता नरेश कुमार सिहले बताएका छन ।
प्रहरीले शिक्षा मन्त्रालयको स्वीकृती नलिई प्रक्रिया बिना अबैध रुपमा संचालन भइरहेको हेटौंडा–४ स्थित ह्याण्डस फर एजुकेशन माइग्रेस सेन्टरका संचालक अरुण वर्तौला, साई राइज हाई एजुकेशनका संचालक रुशन लुईटेल, नेस्ट पोइन्ट एजुकेशन कन्सल्टेन्सीका संचालक केशवराज सेढाई, मन्त्रालयबाट स्वीकृती नलिनुका साथै दर्ता गर्दा कन्सल्टेन्सी भनी गरेको ट्युसन सेन्टर समेत संचालित सगरमाथा एकेडेमीका संचालक दिपेन्द्र श्रेष्ठ, जेनिथ फाउण्डेशनका संचालक दिपक घिमिरे र ग्रेस हेटौंडा एजुकेशन कन्सल्टेन्सीका संचालक उत्तम अर्याललाई पक्राउ गरिएको नायब उपरिक्षक एव प्रवक्ता नरेशकुमार सिंहले बताए । पक्राउ परेका ६ जनालाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाइएको प्रहरीले जनाएको छ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















