१० साउन, हेटौँडा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना अझै बेपत्ता छन् ।
पहिरोमा परी गोसाइकुण्ड गाउँपालिका –१ थुमनका मिङ्मार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु घले, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ र मंगले तामाङ, भोटेकोशी–४ का रेशम खड्का, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोमा परी १२ जना घाइते भएका छन् । गम्भिर अवस्थाका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाईएको रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए । ७ जना उपचार पछि घर फर्किएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले मृतकका परिवारलाई तत्काल नगद १ लाख राहत उपलब्ध गराउने जनाएका छन् । पहिरोमा अस्थायी प्रहरी बिट, २ वटा टहरा र एक होटेल समेत पुरिएको छ भने २ वटा कन्टेनर र एउटा ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रशासनले घर टहरा भत्केकालाइ तत्काल राहत स्वरुप १० हजार र घर निर्माण गर्न थप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















