Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

१० वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने बोगटी पक्राउ

58a4982b91e90.image-1532621576.jpg

१० साउन, हेटौडा । मकवानपुर प्रहरीले १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक जनालाई प्रकाउ गरेको छ।  प्रहरीले १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौँडा १८ बस्ने २५ वर्षीया बिक्रम बोगटीलाई पक्राउ गरेको हो ।

 

 बोगटीले बुधबार राति अन्दाजी साढे ११ बजेको समयमा बाटोमा हिँडीरहेकी एक बालिकालाई जबरजस्ती संगमचोकस्थित अम्बिका देवी राउतको घरको पिँढीमा लगी करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

बुधबार राति ११ बजेको समयमा बोगटी र ती बालिकालाई शंकास्पद रुपमा राउतको पिँढीमा देखेपछि स्थानीयले रोकेर प्रहरीलाई खबर गरेपछी  तत्कालै  वडा प्रहरीकार्यालय हेटौडा सानोपोखराबाट   खटि गएको प्रहरी टोलीले उनीहरु दुबैलाई  नियन्त्रणमा लिई   अनुसन्धान गर्दा   ती बालिका अन्तरदृष्टी नेपालको संरक्षणमा रहेको र संस्थाका कोही कसैलाई थाहा नदिई हिँडेर आफ्नो घर गईरहेको अवस्थामा बोगटीले सडकबाट जवरजस्ति हातमा समातेर उक्त स्थानमा लगी करणी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पिडीत बालिकालाई माईती नेपालको सेफ हाउसमा पठाईएको र बोगटीलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको  मकवानपुर प्रहरी प्रवक्ता डीएसपी नरेश कुमार सिहले बताएका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार