Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘गलत रवैयाविरुद्ध कांग्रेस प्रतिकारमा उत्रन्छ’

P-Congress-1532758306.jpg

१२ साउन, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्यसमितिको आयोजनाको हेटौँडामा एक दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

कार्यक्रम उद्घाटनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले वर्तमान सरकारको गलत रवैया बढ्दै गएको भन्दै यसको प्रतिरोधका लागि कांग्रेस कार्यकर्ताहरु तयार रहनुपर्नेमा जोड दिईन् । उनले कांग्रेसले अब सरकारका हरेक गलत कार्यका विरुद्ध सदन र सडकबाट संघर्ष गर्ने भन्दै यसको पहिलो कार्यक्रम साउन १५ गते हुन लागेको बताईन् । 

नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस जनतासंगमात्रै झुक्ने र कुनै पनि तानाशाही प्रवृत्ति विरुद्ध नझुक्ने बताए । उनले जनता उठ्नै नसक्ने गरी कर बढाउने सरकार जनता विरोधी भएको भन्दै यस्तो सरकारबाट कुनै सकारात्मक कामको अपेक्षा गर्न नसकिने बताए । उनले संघीय र प्रदेश सरकारमा सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थालाई समेत वर्तमान सरकारले मिचेको भन्दै यसविरुद्ध कांग्रेसले प्रतिकार गर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले जनताको हितमा काम गर्ने नेपाली कांग्रेस नै जनताको पार्टी भएको बताउँदै आगामी दिनमा पनि निरन्तर जनताको साथमा रहने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता एवं नगर सभापति आनन्दराम पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो । हेटौँडा उपमहानगरभित्रका कांग्रेसका वडाका पदाधिकारी, स्थानीय तहका उम्मेदवार, विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा आवद्ध अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा केन्द्रीय प्रवक्ता शर्माले प्रशिक्षण दिईरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार