विरोध कार्यक्रमको जानकारी दिदै नेपाली कांग्रेस मकवानपुरका सभापति बानिया तस्विरः सुनिल/ प्रष्ट खबर
१४ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले केन्द्रको निर्देशन अनुसार सरकारलाई दवाव दिन भोलि मंगलबार हेटौँडामा विरोध जुलुस गर्ने भएको छ । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं तिन नम्बर प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बहादुर बानियाँले संविधान बमोजिम संसदमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार गर्न सरकारलाई दबाब दिने केन्द्रीय कार्यक्रम अन्र्तगत भोलि १५ गते मकवानपुरमा पनि विरोध जुलुस आयोजना गरिएको बताए ।
बानियाले सरकारले असंवैधानिक तवरले विभिन्न निर्णय गरेर जनबिरोधी काम लाई निरन्तरता दिइरहेको भन्दै संबिधानमा सभामुख र उपसभामुख छुट्टै दलबाट हुनुपर्ने उल्लेख भएपनि सरकारले त्यसलाई लत्याउदै गम्भिर ढंगले अगाडि बढको भन्दै महङ्गी प्रति सरकार संवेदनशील नभएको भन्दै सरकारको ध्यानाकृष्ट गराउन यो कार्यक्रमको आयोजना गरिएको बताए ।
थप प्रसंङ्गमा नेता बानियाले सरकारले कर बृद्धी गरी जनताको ढाड सेकेको र भुकम्प पिडितहरुलाई सरकारले विभिन्न सेवा सुविधा तथा सहुलियत प्रदान गर्नुको सट्टामा आवास निर्माणका लागि आवश्यक विभिन्न सामाग्रीहरुमा कर बृद्धि गरी जन्ताको ढाड सेकेकोले विरोध स्वरूप मकवानपुरमा विरोध जुलुस गर्न लागिएको बताए ।
पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिना, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पुर्व सभापति रघुरमण न्यौपाने, उप–सभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा पार्टी नगर सभापति आनन्दराम पराजुली तरुण विद्यार्थी लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















