Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अब हेटौडाका बजार क्षेत्र  पुर्ण रुपमा नो पार्किङ

38002658_988342801344889_-1533292557.jpg

फाईल फोटो

 

१८ साउन, हेटौँडा । अब हेटौँडा उपमहानगरपालिका भित्र पर्ने  पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथसंग सडक जोडीएको बजार क्षेत्रमा पूर्ण रुपमा पार्किङ निषेध गरिने भएको छ ।  

हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा प्रजिअ, प्रहरी प्रमुख सहितको स्थानीय प्रशासन सम्मिलित आजको बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको राप्तिपुलदेखि बुद्धचोक र वन विज्ञान अध्ययन संस्थानसम्म तथा त्रिभुवन राजपथको चौकिटोल ओरालोदेखि बुद्धचोकसम्म साना–ठूला सवारी साधन पार्किङलाई  पूर्ण रुपमा बन्द गर्ने   निर्णय भएको  हो ।
 राप्तिपुलदेखि बुद्धचोक क्षेत्रमा नो पार्किङ गर्ने सम्बन्धमा राप्तिरोडमा अवस्थित रक्त सञ्चार केन्द्रको दक्षिणपट्टिको खाली ठाउँ र  बुद्धचोकको दक्षिणमा अवस्थित भिमसेन मिनि मार्केट क्षेत्रमा पार्किङ क्षेत्र तोकिने निर्णय भएको छ  भने राप्तिरोडको  दक्षिणतर्फ गरिएको दुई पाङ्ग्रे सवारी साधनको  पार्किङलाई हटाईने भएको छ ।  
 त्यसैगरी हेटौँडा १को  चौकीटोल ओरालोदेखि  हेडम्बी चोक हुदै बुद्धचोकसम्मको   त्रिभुवन राजपथको दाया बाया  नो पार्किङ घोषणा गरिने भएको हो । चौकीटोल ओरालोदेखि  हेडम्बी चोक हुदै बुद्धचोकसम्मको पार्किङको हकमा  पुरानो देवि सिनेमा हल रोड र पिपलबोटको भित्री रोडमा पार्किङ स्थल कायम गरिने भएको छ । 

 त्यस्तै त्रिभुवन राजपथ अन्र्तगत पर्ने बुद्धचोकदेखि फरेष्ट्रिसम्म पनि  नो पार्किङ क्षेत्र हुने भएको छ । यस क्षेत्रमा हुदै आएको पार्किङलाई  टिसिएनको खाली जग्गामा  लगिने भएको छ ।  साथै नो पार्किङ क्षेत्रमा चार पाङ्ग्रे सवारी साधन लोड अनालेड गर्ने व्यवस्था मिलाउनका लागि बिहान साढे ८ बजे अगाडि र साँझ साढे ७ बजेपछि मात्र लोड अनलोड गर्न पाईने निर्णय भएको छ ।  त्यस्तै हेटौाडा ४  स्कूलरोडमा कायम रहेको  पार्किङलाई  भुटनदेवी स्कल अगाडि कायम गरिने भएको छ  । त्यसैगरी बैठकमा  कान्ति लोकपथ क्षेत्रमा नो पार्किङ गर्नका लागि यथासिघ्र विकल्प खोजी  गर्ने निर्णय भएको छ ।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार