Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक वन दिवसमा मन्त्रीले बाँडे पुरस्कार

IMG_0718-1533886474.JPG

२५ साउन, हेटौँडा । सामुदायिक वनको माध्यमबाट समृद्धि प्राप्त गर्न सकिने भएकाले अव सामुदायिक वनले आयआर्जनको काम गर्नु पर्ने प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताएका छन् ।
तेश्रो राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुर र जिल्ला वन कार्यालय, मकवानपुरको संयुक्त आयोजना तथा रानी सामुदायिक वन उपभोक्ता समूह हेटौडा–६, चौघडाको व्यवस्थापनमा विभिन्न सामुदायिक वन, कबुलियती वन, निजी वन, संचारकर्मीलाई सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दै मन्त्री नेपालले यस्तो कुरा बताएका हुन् ।
राजनैतिक आन्दोलन समाप्त भएको र अव आर्थिक समृद्धिको काम थाल्नुपर्ने बताउँदै मन्त्री नेपालले सामुदायिक वनले अव छिटो आम्दानी दिने रुख लगाउनु पर्नेमा जोड दिए । कार्यक्रममा सामुदायिक वन तर्फ हेटौडा–६ को चित्रेपानी सामुदायिक वन प्रथम, डिपाट सामुदायिक वन दोश्रो, बुङदल सामुदायिक वन तेश्रो भएका थिए । यसैगरी राष्ट्रपति चुरे संरक्षण तर्फ चिसापानी सामुदायिक वन प्रथम, ज्योति सामुदायिक वन दोश्रो र कुखरेनी सामुदायिक वन तेश्रो भएका थिए ।
कबुलियति वन तर्फ भोर्ले कबुलियती वन प्रथम, ऋषिदमार कबुलियति वन दोश्रो, लिसीदमार कबुलियति वन तेश्रो र बाहुनडाँडा कबुलियति वन र बुद्धचौर कबुलियति वनले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई वनडढेलो नियन्त्रण पुरस्कार समेत प्रदान गरेको छ । 
कार्यालय व्यवस्थापनमा रानी सामुदायिक वन, पर्यापर्यटनमा चुच्चेखोला सामुदायिक वन, वनडढेलो नियन्त्रणमा सुन्दर सामुदायिक वन, उद्यमशिलतामा पिप्लेपोखरा सामुदायिक वन आयआर्जनमा पशुपति सामुदायिक वन,वृक्षारोपणमा मनकामना सामुदायिक वन र संचारकर्मीमा भीमसेन पौडेललाई सम्मानित गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मध्यमान्चल क्षेत्रीय वन कार्यालयका सहायक वन अधिकृत नवराज न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, सचिवालय सदस्य रामहरी चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार