Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

‘सामुदायिक वनमाथि निरन्तर प्रहार’

Fecofun-1475226974.jpg

भीमसेन पौडेल
१४ असोज हेटौडा ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की केन्द्रीय महासचिव भारती पाठकले राज्यबाट सामुदायिक वन माथि निरन्तर प्रहार भैरहेको बताएकी छिन् । हेटौँडा रेन्जपोष्ट महासंघले विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राज्यले सामुदायिकका मुद्धालाई वेवास्ता गर्दै निरन्तर हस्तक्षेप गरेको बताईन् ।
वन ऐन २०४९ संसोधन गर्न नहुने बताउँदै महासचिव पाठकले राज्यले सामुदायिक वनलाई अधिकार सम्पन्न बनाउन नचाहेको आरोप लगाईन् । सामुदायिक वनले उद्यम विकासलाई अगाडी बढाउनु पर्नेमा जोड दिदै उनले समूहमा रहेको विपन्न वर्गको हितमा अधिकतम कार्यक्रम ल्याउनु पर्ने बताईन् ।
 हेटौँडा रेन्जपोष्ट महासंघका अध्यक्ष शम्भु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा फेकोफन मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङ्गतान, हेटौडा ईलाका वन कार्यालयका सहायक वन अधिकृत अरुणकुमार तिवारी, नवलपुर सरस्वती बसामाडी सामुदायिक वनका अध्यक्ष माधवप्रसाद सुवेदी,हेटौडा रेन्जपोष्ट महासंघकी महासचिव आरती पाठक, महासंघ सचिवालय सदस्य देवीप्रसाद दाहाल, रामहरी चौलागाई,वडा नागरिक मञ्च ११ नं. वडाका संयोजक फूलमान श्रेष्ठ, एमाले ११ नं. वडाका अध्यक्ष कृष्णप्रसाद उप्रेती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
हेटौडा रेन्जपोष्ट महासंघको घुम्ती बैठक बस्ने परम्परा अनुसार कार्यक्रमको व्यवस्थापन नवलपुर सरस्वती सामुदायिक वनले गरेको थियो । कार्यक्रममा हेटौडा ईलाका वन कार्यालय अन्तरगत रहेका २० वटा सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार