Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अग्निहोत्राश्रम बार्षिकोत्सवको तयारी पुरा, उद्घाटन प्रचण्डले गर्ने

Agnihotraasram-1536053457.JPG

१९ भदौ, हेटौँडा । मकवानपुरको मनहरी–९ रजैयामा रहेको ओम श्री वातावरण शुद्धिकरण अभियान अग्निहोत्राश्रमको बार्षिकोत्सवको तयारी पुरा भएको छ । आश्रम समितिले आज रजैयामा पत्रकार सम्मेलन गरी बुधबार हुने बार्षिकोत्सवको तयारी पुरा भएको जनाएको हो ।

बार्षिकोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । कार्यक्रममा प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेल, मन्त्रीहरु, राष्ट्रिय, प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको सहभागिता रहने आश्रमका संरक्षक सिताराम खनालले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतिले आश्रममा आयुर्वेदिक अस्पताल संचालन गर्ने योजना रहेको बताए । यो क्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा पूर्व सभासद् राजाराम स्यांतान, युवा व्यवसायी अरुणराज सुमार्गी, आश्रमका सचिव विनोदकुमार अर्याल लगायतको सहभागिता रहेको थियो । ५ विगाह २ कठ्ठा क्षेत्रफलमा फैलिएको आश्रममा बुधबार जडिबुटि उद्यान, चाणक्य हल उद्घाटनसहित बार्षिकोत्सव मनाईने भएको छ । आश्रममा वेद, वेदाङ्ग, आयुर्वेद, ज्योतिष, राजनीति शास्त्र, कर्मकाण्डसहितका विषयमा अनौपचारिक अध्यापन हुने गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार