Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते

Om-Prakash-1536317218.jpg

२२ भदौ, काठमाडौं । सर्वोच्चका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते हुने भएको छ । संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेका उनको सुनुवाई भदौ २५ गते हुने भएको हो ।

प्रतिनिधिसभाको सार्वजनिक सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मिश्रविरुद्ध परेका उजुरीहरु खोलेर हेरेपछि भदौ २४ गते उजुरीकर्तासँग छलफल गर्ने र २५ गते सुनुवाई गर्ने मिति तय गरेको छ । कामु प्रधानन्यायाधीश मिश्र विरुद्ध ५ आरोप लगाउँदै चारवटा उजुरी हालेका छन् ।

उनलाई त्रिभुवन विश्वविद्यालयको गणित विषयको उपप्राध्यापक नियुक्तिको क्रममा लिएको परीक्षाको प्रश्नपत्र आउट गर्ने नन्दकिशोर पुनलाई छुट दिएको, पत्नी हत्याको आरोपमा सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको मुद्दामा घुस लिएर झगडीया झिकाउने आदेश दिएको र आफ्नो नातेदारलाई जिताएको, कालिकोटमा अभियुक्तलाई सफाई दिएको आरोप लगाईएको छ ।

त्यस्तै, एनसेल र सूर्य नेपालको राजश्व तथा कर छलीको मुद्दामा सहयोग गरेको तथा काठमाडौं जिल्ला अदालतको न्यायाधीश रहँदा वैदेशिक न्यायाधिकरणले पीडितलाई १० लाख ५ हजार क्षतिपूर्ति दिने निर्णयलाई उल्टाएर क्षतिपूर्तिको रकम घटाएर ४ लाख ९० हजार कायम गरी बिचको रकम घुस लिएको आरोप छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार