Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

डाँफे र कालोपानी सेमिफाईनलमा प्रवेश

Football-1475071922-1475419449.png

१६, असोज, हेटौंडा । हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप प्रतियोगितामा डाँफे युवा क्लव, चिसापानी र कालोपानी युवा समूह, हेटौँडा–१६ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा डाँफे युवा क्लव र एफसी मिलन कर्राले निर्धारित समयमा समान १– १ गोल गरेका थिए । त्यसपछि भएको ट्राईब्रेकरमा डाँफे युवा क्लवले एफसी मिलनलाई २ का बिरुद्ध ५ गोल गरि सेमिफाईनलको यात्रा पुरा गरेको हो । खेलको म्यान अफ दी म्याच डाँफे युवा क्लवका किपर किरण ढुङ्गेल भए ।

आईतबारै भएको अर्को क्वाटरफाईनल खेलमा कालोपानी युवा समूहले न्यू यूनिक युवा क्लव, हेटौँडालाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । कालोपानीका सूर्य वाईबाले निर्णायक १ गोल गरि म्यान अफ दी म्याच समेत भए ।
२१ टिम सहभागिता नकआउट फुटबल प्रतियोगिता शक्तिश्वरी युवा क्लब हेटौँडा–१७, चुरियामाई–भोर्ले कमानेले आयोजना गरेको हो । प्रतियोगिता अन्तरगत सोमबार) क्वाटरफाईनल र सेमिफाईनल गरि दुई खेल हुने शक्तिश्वरी युवा क्लबका सचिव कुमार रुम्बाले जानकारी दिए ।
चुरेकालिका युवा क्लव ‘ए’, नयाँ बस्ती बिरुद्ध चाईनाक्वाटर एफसी हेटौँडाबिच क्वाटरफाईनलको अन्तिम खेल हुनेछ । त्यस्तै, सेमिफाईनल चरणको पहिलो खेल डाँफे युवा क्लव, चिसापानी बिरुद्ध कोरस युवा क्लव, रातोमाटेबिच हुने बताईएको छ ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः २५ हजार, १५ हजार र पाँच हजार रुपैँया पाउँनेछन् । त्यस्तै, प्रत्येक म्यान अफ दी म्याचले ट्रफी पाउँनेछन् भने उत्कृष्ट खेलाडी, किपर र सर्वाधिक गोलकर्ताले ट्रफी र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ऋद्धीसिद्धी सिमेन्ट उद्योग, हेटौँडा १७ रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार