Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मूख्यमन्त्रीको शक्तिमा स्मारकमा रुख कटान : वन समूह

Smarak-1537449755.jpg

४ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको शक्तिमा हेटौंडा–११ नवलपुरमा रहेको सहीद स्मारक क्षेत्रमा सालको रुख काटिएको छ । नवलपुर सरस्वती बसामाडी सामुदायिक वन उपभोक्ता समूहले विहिबार पत्रकार सम्मेलन मूख्यमन्त्री पौडेल अध्यक्ष रहेको स्मारकले गैरकानूनी रुपमा रुख कटान गरेको जानकारी दिएको हो । 
समूहका अध्यक्ष माधव सुवेदीले  मूख्य मन्त्री एवं सहीद स्मारक विकास समितिका अध्यष पौडलको निर्णय अनुसारसालको रुख कटान भएको बताएका हुन् । सामुदायिक वन क्षेत्र अन्तरगत स्मारकमा रुख कटान गरी घाटगद्धी गरिएको छ । भौतिक संरचना निर्माणका लागि वन नै सखाप हुने गरी रुख कटान गरेको पाईएकाले  जिल्ला वन कार्यालयमा कारवाहीका लागि निवेदन दिंदा समेत वेवास्ता भएकाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नु परेको उपभोक्ता वन समूहका उपभोक्ता राममणि उप्रेतीले बताए । उनले वन क्षेत्रभित्र मेसिनको प्रयोग गरी जग्गा सम्याउने काम भईरहेको समेत बताए । 
समूहका उपाध्यक्ष बालकृष्ण बिडारीले स्मारकको लागि करिब ३ करोड रुपैँयाको परियोजना आएकाले एक दर्जन लाथ्रा काटिएको बताए । सामुदायिक वनमा सालका रुख कटान भएको जानकारीमा आएको भन्दै अनुसन्धानका लागि निर्देशन दिईसकेको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख प्रलाद धितालको भनाई छ । उपभोक्ताहरुले भने प्राकृतिक स्रोतको दोहन गर्न शक्तिको दुरुपयोग भएको भन्दै दोषिलाई कारवाही गर्न आग्रह गरेका छन् ।

Rukh-Kataan-1537451185.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार