Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संघीय सरकारसंग प्रदेश सरकारलाई दाँज्न मिल्दैन : मूख्यमन्त्री पौडेल

DM-Paudel-Photo-1538404132.jpg

File Photo

१५ असोज, हेटौँडा । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारसंग प्रदेश सरकारलाई दाँज्न नमिल्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरको सोमबार हेटौँडामा भएको १५ औं वार्षिक साधारणसभामा बोल्दै मूख्यमन्त्री पौडेलले पुरानो संरचनासहितको संघीय सरकार र संरचना तयार नै नभएको प्रदेश सरकारलाई दाँजेर नहेर्न आग्रह गरेका हुन् । प्रदेश सरकार आफैं कानून बनाउँदै विकासे काममा लाग्नुपर्ने भएकाले काममा केही ढिलाई भईरहेको बताउँदै केही समयपछि यसको गति बढ्ने उनको भनाई थियो । संंचारकर्मीहरुले पनि प्रदेश सरकारको बाध्यतालाई बुझेर कलम चलाईदिन मूख्यमन्त्री पौडेलले आग्रह गरे । 
कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले संचारकर्मीले फोटो खिच्नै अनुमति लिनुपर्ने अवस्था आउनु राम्रो नभएको भन्दै यसलाई परिमार्जन गर्न सकिने भएपनि तत्कालै नयाँ अपराध संहिता संशोधनका लागि दवाव दिनु अनुपयुक्त हुने जिकिर गरे ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्यहरु मुनु सिग्देल, प्रेम बहादुर पुलामी, हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत्त, भीमफेदी गाउपालिकाका प्रमुख हिदम लामा, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल , मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, पत्रकार महासंघ प्रदेश नम्वर ३ का अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणी दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका सस्ंथापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको स्मृतिमा स्थापना गरिएको न्हुच्छेमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल समाचार पत्रका संवाददाता रोशन पराजुलीलाई प्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार