Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

रोटर्याक्टको चियापान

DSC04496-1475585959.JPG

१८ असोज, हेटौँडा । रोटर्याक्ट क्लव अफ मकवानपुरले विजयादशमी, शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको छ ।

रोटरी क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रजापतीले रोटर्याक्ट रोटरीको सहयोगी मात्र नभई साथी भएको बताउँदै यसले गर्ने हरेक गतिविधिमा सहयोग गर्ने बताए । ‘पछिल्लो समय रोटर्याक्ट क्लव अफ मकवानपुरले सामाजिक गतिविधीलाई तीव्रता दिंदै गएको छ, यो निकै खुसीको कुरा हो’–उनले भने–‘यसलाई निरन्तरता दिंदै जाने क्रममा रोटरी क्लवसंग थप सहकार्य र समन्वय गर्दै अघि बढ्न अनुरोध गर्न चाहन्छु ।’

रोटर्याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष गणेशदर्पण अधिकारीले युवाहरुको नेतृत्व विकास गराउँदै सामाजिक कार्यमा लाग्नको निम्ति हौसला प्रदान गर्दै रोटर्याक्ट गतिविधीलाई अघि बढाइने बताए । कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका सचिव कविन साङ्गामी, सहसचिव रबि कँडेल शर्मा, रोटर्याक्ट कोर्डिनेटर बिष्णु खनाल, खेलकुद संयोजक शरद कर्माचार्य, सदस्य प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ मकवानपुर सचिव कृष्ण सारु मगरलगायतको आतिथ्यता रहेको थियो । रोटर्याक्ट क्लवले यसबर्ष रक्तदान, प्राथमिक उपचारसम्बन्धी अभिमुखीकरण कार्यक्रम, विद्यार्थीलाई स्टेशनरी सामान वितरण लगायतका सामाजिक गतिविधिका साथै नेतृत्व विकासका काम गरेको सचिव सुदिप शिवाकोटीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार