९ कार्तिक, हेटौँडा । हेटौँडा जेसीजको आयोजनामा जारी जेसीज सप्ताह कार्यक्रम अन्तर्गत मंगलबार रक्तदान तथा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ ।
मकवानपुरमा बढ्दै गएको रगतको मागलाई थोरै भएपनि समाधान गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक रोशन सापकोटाले बताए । उक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । हेटौँडा जेसीजका अध्यक्ष धर्मराज बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल टेलिकम चौघडाको प्रमुख रामकृष्ण तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य मूल कार्यक्रम संयोजक विज्ञान रिमालले गरेका थिए ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष माधव न्यौपाने, गणेश श्रेष्ठ, निर्वतमान अध्यक्ष दिपकराज मिश्र, हेटौँडा लेडी जेसीजका अध्यक्ष शोभा खरेल लगायतको आतिथ्यता रहेको थियो ।
पौडीमा गोर्खाली प्रथम
मंगलबार नै भएको खुल्ला पौडी प्रतियोगितामा पारसकृष्ण गोर्खाली प्रथम, अजित मानन्धर द्वितीय र सुशिल कौडा तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय भएकाहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो ।
मकवानपुरमा पहिलो पटक आयोजना गरेको खुल्ला पौडी प्रतियोगितामा १४ जना प्रतिस्पर्धीहरुले प्रतियोगितामा सहभागिता जनाएको कार्यक्रम संयोजक रुपकराज पौडेलले जानकारी दिए । उक्त प्रतियोगिताको बारेमा मूल कार्यक्रम सहसंयोजक पवनकुमार कंसाकारले प्रकाश पारेका थिए । हेटौडा जेसीजका अध्यक्ष धर्मराज बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा शिक्षाविद्व पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीआइ सेनेटर कविन सांगामीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौँडा जेसीजका पूर्व अध्यक्ष कृष्ण कटुवाल, काव्यमणी अधिकारी, कृष्णबहादुर कार्की, पौडी संघ मकवानपुरका अध्यक्ष सुभाष खतिवडा, बस्तीपुर जेसीजका अर्जुन केसी लगायतको आतिथ्यता रहेको थियो ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


