११ कार्तिक, हेटौंडा । मकवानपुरगढी गाविसलाई हेटौंडा उपमहानगरपालिकामा गाभ्नुपर्ने त्यहाँको सर्वदलीय संयन्त्रले माग गरेको छ । सर्वदलीय संयन्त्र र स्थानीयसहितको टोलीले विहिबार जिविस मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै स्थानीय निकाय पुनर्संरचनाको क्रममा गढीलाई उपमहानगरपालिकामा गाभ्न माग गरेको हो ।
मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीलाई ज्ञापनपत्र बुझाउँदै सर्वदलीय संयन्त्रका प्रतिनिधिले अाफुहरूले २०७३ साउन ९ गते उपमहानगरपालिका समावेश हुने निर्णय गरेको र स्थानीय निकाय पुनर्संरचना अायोग समेत केन्द्रमा सिफारिस गरेकाले सोही अनुसार कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
ज्ञापनपत्रमा हेटौंडा गाउँ पञ्चायत हुँदा गढीका अधिकांश भाग गाउँ पञ्चायतमा रहेको, गाविसका १ देखि ९ नम्बर वडा उपमहानगरपालिकामा जोडिएको, गाविस र नगर क्षेत्र मा रहेका वन समूहमा द्वेध स्वामित्व रहेको, कान्तिलोकपथ, फाष्टट्रयाकसहित अन्य सडक पूर्वाधार तयार रहेको, मनकामना, मकवानपुर गढी, रूद्रबाटिका जस्ता एेतिहासिक धरोहर रहेको, गढी र हेटौंडा उपमहानगरपालिकाबीच भगिनीसम्बन्ध रहेको र उत्तरी क्षेत्रमा शिरदेखि पुच्छरसम्म सामरी खोलाले सिमाना छुट्याएकाले गढी गाविसलाई नगरमा गाभ्नु पर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी मैनालीले जनता भावना अनुसार निर्णयका लागि जिविस तयार रहेको भन्दै जिल्लामा क्रियाशील राजनैतिक दललाई सहमत गराउन अाग्रह गरे । गढीका राजनैतिक संयन्त्र र स्थानीयले विहिबार नै नेपाली कांग्रेस, नेकपा एमाले, माअोवादी केन्द्र, राप्रपा नेपाल, राप्रपा, माले, संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई समेत मागबारे अवगत गराएको छ ।
पछिल्लो समय गढी, अामभञ्ज्याङ, सुकौरा र बुढीचौर गाविस समेटेर गाउँपालिका बनाउने विकल्प बारे छलफल हुन थालेकाले गाविसबासीले सरोकारवालाहरूलाई सचेत गराउन ज्ञापनपत्र बुझाएका हुन् ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


