११ कार्तिक, हेटौंडा । मकवानपुरगढी गाविसलाई हेटौंडा उपमहानगरपालिकामा गाभ्नुपर्ने त्यहाँको सर्वदलीय संयन्त्रले माग गरेको छ । सर्वदलीय संयन्त्र र स्थानीयसहितको टोलीले विहिबार जिविस मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै स्थानीय निकाय पुनर्संरचनाको क्रममा गढीलाई उपमहानगरपालिकामा गाभ्न माग गरेको हो ।
मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीलाई ज्ञापनपत्र बुझाउँदै सर्वदलीय संयन्त्रका प्रतिनिधिले अाफुहरूले २०७३ साउन ९ गते उपमहानगरपालिका समावेश हुने निर्णय गरेको र स्थानीय निकाय पुनर्संरचना अायोग समेत केन्द्रमा सिफारिस गरेकाले सोही अनुसार कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
ज्ञापनपत्रमा हेटौंडा गाउँ पञ्चायत हुँदा गढीका अधिकांश भाग गाउँ पञ्चायतमा रहेको, गाविसका १ देखि ९ नम्बर वडा उपमहानगरपालिकामा जोडिएको, गाविस र नगर क्षेत्र मा रहेका वन समूहमा द्वेध स्वामित्व रहेको, कान्तिलोकपथ, फाष्टट्रयाकसहित अन्य सडक पूर्वाधार तयार रहेको, मनकामना, मकवानपुर गढी, रूद्रबाटिका जस्ता एेतिहासिक धरोहर रहेको, गढी र हेटौंडा उपमहानगरपालिकाबीच भगिनीसम्बन्ध रहेको र उत्तरी क्षेत्रमा शिरदेखि पुच्छरसम्म सामरी खोलाले सिमाना छुट्याएकाले गढी गाविसलाई नगरमा गाभ्नु पर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी मैनालीले जनता भावना अनुसार निर्णयका लागि जिविस तयार रहेको भन्दै जिल्लामा क्रियाशील राजनैतिक दललाई सहमत गराउन अाग्रह गरे । गढीका राजनैतिक संयन्त्र र स्थानीयले विहिबार नै नेपाली कांग्रेस, नेकपा एमाले, माअोवादी केन्द्र, राप्रपा नेपाल, राप्रपा, माले, संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई समेत मागबारे अवगत गराएको छ ।
पछिल्लो समय गढी, अामभञ्ज्याङ, सुकौरा र बुढीचौर गाविस समेटेर गाउँपालिका बनाउने विकल्प बारे छलफल हुन थालेकाले गाविसबासीले सरोकारवालाहरूलाई सचेत गराउन ज्ञापनपत्र बुझाएका हुन् ।
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...


















