Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नाष्टको प्रान्तिय कार्यालयका लागि जग्गा खोजी

उपलब्ध गराउने सरोकारवालाहरूको प्रतिवद्धता

20161110_162553-1478782449.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) को प्रान्तीय कार्यालयका लागि मकवानपुरमा जग्गाको खोजि थालिएको छ । नाष्टले ७ वटै प्रदेशमा कार्यालय खोल्ने क्रममा ३ नम्बर प्रदेश कार्यालय संचालनका लागि मकवानपुरमा जग्गा खोजि थालेको हो ।  

प्रयोगशाला, विज्ञान पार्क र कार्यालय संचालनका लागि संभाव्यता अध्ययन टोलीले जग्गा खोजि थालेको छ । टोलीले विहिबार सरोकारवालाहरूसंग छलफल गरेको छ । कार्यक्रममा नाष्टका प्राज्ञ एवं टोली संयोजक गोपाल केसीले नगर वा अासपासको क्षेत्रमा ७ विगाह जग्गा अावश्यक रहेको जानकारी दिएका थिए । उनका अनुसार टोलीले सरोकारवालासंग छलफल गरि १ साताभित्र नाष्टको योजना तथा मूल्यांकन महाशाखामा सुझावसहित प्रतिवेदन पेश गर्नेछ ।

कार्यक्रममा मकवानपुरका राजनीतिक दलले नाष्टका लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरूले तयारीका लागि यथाशीघ्र हेटौंडामा सम्पर्क कार्यालय स्थापना गर्न समेत सुझाव दिएका छन् । छलफलमा मकवानपुरगढी-३ कुर्लेदमार, हेटौंडा सिमेन्ट पछाडि र दामनस्थित मैत्री बगैंचाको जग्गा अध्ययनका लागि प्रस्ताव गरिएको थियो । कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सुझावमा अाएका र अन्य क्षेत्रका जग्गाको अध्ययन पश्चात् जग्गा प्राप्तिका लागि सर्वपक्षीय सहमतिमा सरकारलाई सिफारिस गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सभापति माईकल रामचन्द्र अर्याल, नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, माअोवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामी, माले मकवानपुरका संयोजक भीमसेन महत, राप्रपाका क्षेत्रीय अध्यक्ष सिताराम वर्तौला, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष गिरिजा अधिकारी, मालपोत अधिकृत मुक्तिनारायण भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नाष्टका प्रतिनिधि, राजनीतिक दल, सरकारी कार्यालयका प्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो । नाष्टले विभिन्न क्षेत्रमा बैज्ञानिक अध्ययनको काम गर्ने गर्दछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार