२५ कार्तिक, हेटौंडा । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) को प्रान्तीय कार्यालयका लागि मकवानपुरमा जग्गाको खोजि थालिएको छ । नाष्टले ७ वटै प्रदेशमा कार्यालय खोल्ने क्रममा ३ नम्बर प्रदेश कार्यालय संचालनका लागि मकवानपुरमा जग्गा खोजि थालेको हो ।
प्रयोगशाला, विज्ञान पार्क र कार्यालय संचालनका लागि संभाव्यता अध्ययन टोलीले जग्गा खोजि थालेको छ । टोलीले विहिबार सरोकारवालाहरूसंग छलफल गरेको छ । कार्यक्रममा नाष्टका प्राज्ञ एवं टोली संयोजक गोपाल केसीले नगर वा अासपासको क्षेत्रमा ७ विगाह जग्गा अावश्यक रहेको जानकारी दिएका थिए । उनका अनुसार टोलीले सरोकारवालासंग छलफल गरि १ साताभित्र नाष्टको योजना तथा मूल्यांकन महाशाखामा सुझावसहित प्रतिवेदन पेश गर्नेछ ।
कार्यक्रममा मकवानपुरका राजनीतिक दलले नाष्टका लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरूले तयारीका लागि यथाशीघ्र हेटौंडामा सम्पर्क कार्यालय स्थापना गर्न समेत सुझाव दिएका छन् । छलफलमा मकवानपुरगढी-३ कुर्लेदमार, हेटौंडा सिमेन्ट पछाडि र दामनस्थित मैत्री बगैंचाको जग्गा अध्ययनका लागि प्रस्ताव गरिएको थियो । कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सुझावमा अाएका र अन्य क्षेत्रका जग्गाको अध्ययन पश्चात् जग्गा प्राप्तिका लागि सर्वपक्षीय सहमतिमा सरकारलाई सिफारिस गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सभापति माईकल रामचन्द्र अर्याल, नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, माअोवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामी, माले मकवानपुरका संयोजक भीमसेन महत, राप्रपाका क्षेत्रीय अध्यक्ष सिताराम वर्तौला, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष गिरिजा अधिकारी, मालपोत अधिकृत मुक्तिनारायण भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नाष्टका प्रतिनिधि, राजनीतिक दल, सरकारी कार्यालयका प्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो । नाष्टले विभिन्न क्षेत्रमा बैज्ञानिक अध्ययनको काम गर्ने गर्दछ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















