१ मंसिर, हेटौँडा । मकवानपुरमा पछिल्लो पटक ६८ जना डेंगुका विरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरी कार्यालयले हेटौँडा अस्पतालमा भएको परिक्षणमा ३० र नीजि स्वास्थ्य संस्थामा भएको परिक्षणमा ३८ जनामा डेंगु फेला परेको जनाएको हो ।
कार्यालयले डेंगुका कारण मकवानपुरमा कसैको पनि मृत्यु नभएको समेत पुष्टि गरेको छ । डेंगु फेला परेका सबैको अवस्था सामान्य रहेको र धेरैजसो उपचारपछि फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले बताए । ‘अहिले सबै विरामी डेंगुको आशंकामा हेटौँडा अस्पतालमा जाँचका लागि आउने गर्नु भएको छ ।’–उनले भने–‘हामीले उहाँहरुको आंशका निवारण गरेर पठाउने गरेका छौं ।’
पाठकले शंका लागे रगत परिक्षण गर्न सुझाव दिंदै रगत परिक्षणमा प्लेटलेटको १ लाख ५० हजार काउन्ट र डव्ल्युविसी ४ हजार काउन्ट भन्दा कम पाईए डेंगुको परिक्षण गर्न सुझाव दिएका छन् । डेंगु परिक्षण गर्ने किटको अभाव रहेको भन्दै सबैलाई परिक्षण गर्न सम्भव नभएकाले रगत परिक्षणपछि मात्रै डेंगु परिक्षण गरिएको उनको भनाई छ । अहिले अस्पतालमा ७४ वटा डेंगु परिक्षण किट रहेको उनले जानकारी दिए ।
‘धेरै जना मलाई डेंगु भयो कि भनेर आत्तिने गर्नुहुन्छ, यसमा आत्तिनु पर्ने अवस्था छैन, सामान्य सावधानीबाट डेंगु ज्वरो निको हुन्छ ।’–पत्रकार सम्मेलनमा पाठकले भने । उनले डेंगु ७ दिनमा निको हुने भएकाले आत्तिनु नपर्नेमा जोड दिंदै सावधानी भने अपनाउन आग्रह गरे ।
मकवानपुरमा डेंगुले महामारीको रुप नलिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताए । उनले आप्mनो आसपासमा पानी जम्न नदिने, लामखुट्टे मार्ने जस्ता काम गर्न आग्रह गर्दै यसका लागि स्वास्थ्य कार्यालयले समेत विभिन्न निकायको समन्वयमा काम थाल्ने बताए । नेपालमा २०६२ सालबाट डेंगुका विरामी फेला परेको र २०६५ सालदेखि मकवानपुरमा डेंगु देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालमा चितवन, झापा र कैलालीमा बढि प्रभाव रहेको डेंगु मकवानपुरमा शुरुमा २०७० सालमा मनहरी र त्यसपछि फापरवारी, हेटौँडा बजार लगायतका क्षेत्रमा देखा परेको कार्यालयले जनाएको छ ।
१० चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश...
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको पार्टी...
१० चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन...
१० चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय...
१० चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी...
१० चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...
८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...
५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका...