Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बिहीबारदेखि खेलकुद तथा व्यापार महोत्सव शुरू हुँदै

received_1117711341647508-1479302790.jpg

१ मंसिर, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ आयोजना हुँदैछ ।

प्रतिष्ठानको आयोजनामा गत बर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव हुन लागेको हो ।

महोत्सवको तयारी सकिएको आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले बुधबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘हामीलाई यो महोत्सव गर्न निकै चुनौती छ’, उनले भने, ‘प्रतिष्ठानको स्थापना नै चुनौतीको बीचमा भएको हो ।

‘इन्टरनेशनल’ फुटबल गर्ने बेलामा नाकाबन्दीको चुनौती थियो । हामीले महोत्सव गर्ने भन्दै गर्दा हुप्रचौरमा मेला गर्न नदिने भन्ने जानकारी आयो । छोटो समयको तयारीमा यस स्थल (आँखा अस्पताल पछाडीको खाली जग्गा) मा महोत्सवको तयारी गरेका हौँ ।’ हुप्रचौरलाई खेलकुदको गतिविधी गर्ने स्थलकै रुपमा विकास गर्नको लागि सुमन भोम्जन प्रतिष्ठानको तर्फबाट सक्दो सहयोग हुने उनको भनाई थियो ।

महोत्सवको ‘पावर्ड बाइ’ को रुपमा नेको इन्स्योरेन्स रहेको छ । महोत्सवको लागि प्रतिष्ठान संग सहकार्य गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिँदै भने, ‘यस महोत्सवमा केही नयाँ पक्कै हुनेछ’, उनले भने, ‘लोपोन्मुख राउटे जातिको प्रदर्शनी रहनेछ ।

बाल उद्यान अन्तर्गत चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ हुनेछ । यस्तै कलाकारहरु पनि धेरै नयाँ आउनेछन् ।’ क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रशासक बिनोद केसीबाट महोत्सवको उद्घाटन हुनेछ । महोत्सव उद्घाटन हुनुपूर्व बिहान हेटौंडा–४ हुप्रचौरबाट शोभायात्रा हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । यस्तै बिहान साँढे ६ बजे म्याराथन दौड पनि हुनेछ ।

म्याराथनमा एक विदेशीको समेतको सहभागिता रहने छ । सदरमुकाम हेटौंडा सहित अन्य स्थानमा रोड ब्यानर र पर्चा पम्प्लेट टाँसिएको छ भने मेला स्थलमा धुलो नउडोस् भन्नका लागि विशेष सावधानी अपनाइएको आयोजकले जानकारी दिएको छ ।

३ सय ५० वटा स्टल रहने महोत्सवमा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी प्रचारप्रसार संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।

मेलामा राखिने अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षणहरु हुने आयोजकको दावी छ । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिजेता बन्न सफल खेलाडीहरुलाई सम्मान गर्ने आयोजकको तयारी छ ।

महोत्सव करिब २ लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार