१ मंसिर, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ आयोजना हुँदैछ ।
प्रतिष्ठानको आयोजनामा गत बर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव हुन लागेको हो ।
महोत्सवको तयारी सकिएको आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले बुधबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘हामीलाई यो महोत्सव गर्न निकै चुनौती छ’, उनले भने, ‘प्रतिष्ठानको स्थापना नै चुनौतीको बीचमा भएको हो ।
‘इन्टरनेशनल’ फुटबल गर्ने बेलामा नाकाबन्दीको चुनौती थियो । हामीले महोत्सव गर्ने भन्दै गर्दा हुप्रचौरमा मेला गर्न नदिने भन्ने जानकारी आयो । छोटो समयको तयारीमा यस स्थल (आँखा अस्पताल पछाडीको खाली जग्गा) मा महोत्सवको तयारी गरेका हौँ ।’ हुप्रचौरलाई खेलकुदको गतिविधी गर्ने स्थलकै रुपमा विकास गर्नको लागि सुमन भोम्जन प्रतिष्ठानको तर्फबाट सक्दो सहयोग हुने उनको भनाई थियो ।
महोत्सवको ‘पावर्ड बाइ’ को रुपमा नेको इन्स्योरेन्स रहेको छ । महोत्सवको लागि प्रतिष्ठान संग सहकार्य गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिँदै भने, ‘यस महोत्सवमा केही नयाँ पक्कै हुनेछ’, उनले भने, ‘लोपोन्मुख राउटे जातिको प्रदर्शनी रहनेछ ।
बाल उद्यान अन्तर्गत चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ हुनेछ । यस्तै कलाकारहरु पनि धेरै नयाँ आउनेछन् ।’ क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रशासक बिनोद केसीबाट महोत्सवको उद्घाटन हुनेछ । महोत्सव उद्घाटन हुनुपूर्व बिहान हेटौंडा–४ हुप्रचौरबाट शोभायात्रा हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । यस्तै बिहान साँढे ६ बजे म्याराथन दौड पनि हुनेछ ।
म्याराथनमा एक विदेशीको समेतको सहभागिता रहने छ । सदरमुकाम हेटौंडा सहित अन्य स्थानमा रोड ब्यानर र पर्चा पम्प्लेट टाँसिएको छ भने मेला स्थलमा धुलो नउडोस् भन्नका लागि विशेष सावधानी अपनाइएको आयोजकले जानकारी दिएको छ ।
३ सय ५० वटा स्टल रहने महोत्सवमा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी प्रचारप्रसार संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।
मेलामा राखिने अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षणहरु हुने आयोजकको दावी छ । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिजेता बन्न सफल खेलाडीहरुलाई सम्मान गर्ने आयोजकको तयारी छ ।
महोत्सव करिब २ लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















