Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पत्रकार महासंघ सदस्यले स्वास्थ्य परिक्षणमा ६० प्रतिशत छुट पाउने

20161207_085525-1481091200.jpg

२२ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्यले मकवानपुरका मेडिकल ल्यावमा परिक्षण गराउँदा ६० प्रतिशत छुट पाउने भएका छन् । मेडिकल ल्याव एशोसियसन अफ नेपाल (मेलान) मकवानपुर र महासंघबीच बुधबार छुटबारे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठ र मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार जिल्लामा रहेका नीजि अस्पताल, पोलिक्लिनिक, क्लिनिक र ल्यावले डाक्टरको सिफारिसका अाधारमा अाफ्नो ल्यावबाट हुने परिक्षणमा नेपाल पत्रकार महासंघका सदस्यलाई ६० प्रतिशत छुट दिने, महासंघले उपलब्ध गराएको नामावली अनुसार मेलानले छुटका लागि परिचयपत्र उपलव्ध गराउने जनाईएको छ ।

बाहिरी जिल्लामा परिक्षणका लागि पठाउनु पर्ने भएमा पूर्ण शुल्क लाग्ने समेत जनाइएको छ । सहमति पुस १ गतेबाट लागू हुनेछ ।

कार्यक्रममा बोल्दै मेलान केन्द्रीय सचिवालय सदस्य भुपनारायण यादवले मेलान मकवानपुरले गरेको काम उदाहरणीय भएको भन्दै यसलाई देशभर विस्तारका लागि पहल गर्ने बताए ।

चुरेहिल अस्पतालका प्रवन्धक रविरमण अधिकारीले ल्याव परिक्षणका साथै अन्य सेवामा पनि सहुलियतका लागि अस्पताल प्रशासनमार्फत पहलको प्रतिबद्धता व्यक्त गरे ।

मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले यो काम देशभरमै नयाँ भएको बताउँदै यसले संचारक्षेत्र र स्वास्थ्य क्षेत्रबीचको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा भएका राम्रो कामको प्रचारप्रसार र विकृतिबारे उजागर गर्न समेत संचारकर्मीहरूलाई अाग्रह गरे ।

महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गिरिजा अधिकारी, सचिव कृष्ण सारू मगर, मेलान केन्द्रीय सदस्य रामबालक यादव, जिल्ला सचिव भुपेन्द्र गुप्ता, कोषाध्यक्ष रामकुमार इटेनी, विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मीहरूको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
df-1714522678.jpg

१९ बैशाख, हेटौंडा । आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।...

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो
Petrol-Pump-1714493693.jpg

१८ बैशाख, हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । निगमले...

कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

थप समाचार