१८ साउन, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले जिल्ला सचिवालय र स्थानीय तहको टुंगो लगाएको छ । शनिबार बसेको जिल्ला कमिटि वैठकले ४८ जनालाई सचिवालय सदस्य तोकेको हो ।
तत्कालिन माओवादी केन्द्र र तत्कालिन एमालेका पहिलेको जिल्ला सचिवालय सदस्यलाई घटाएर ४८ सदस्य बनाइएको बैठकमा सहभागी नेकपा मकवानपुरका सचिवालय सदस्य नविन सिग्देलले बताए । सचिवालय सदस्यमा २६ जना तत्कालिन नेकपा एमालेका तर्फबाट र २२ जना तत्कालिन माओवादीका तर्फबाट तोकिएको छ । तत्कालिन एमालेमा ३४ जनाको जिल्ला सचिवालय सदस्य रहेको थियो भने माओवादीकोे ३३ जनाको जिल्ला सचिवालय रहेको थियो ।
बैठकले स्थानीय तह कमिटि भदौं मसान्तभित्र टुंगो लगाउने निर्णय भएको छ । दशवटै स्थानीय तहमा तत्कालिन एमाले र माओवादीका अध्यक्ष र सचिव रहने बिषयमा भाग लगाइएको छ । एमालेले ६ मा अध्यक्ष र माओवादीले ४ स्थानीय तहमा अध्यक्ष पाउने भएको छ । एमालेले हेटौंडाउपमहानगरपालिका, बकैया, इन्द्रसरोवर, भिमफेदी, कैलाश र गढी गाउँपालिकामा अध्यक्ष पाउने भएको छ भने माओवादीले थाहानगरपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका र राक्सीराङ गाउँपालिकामा अध्यक्ष पाउने भएको छ ।
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला इन्र्चाज विरोध खतिवडा, केन्द्रीय एवं प्रदेश नम्बर ३ का मुख्यमन्त्री, डोरमणि पौडेल, जिल्ला सह–इन्चार्ज, रामेश्वर राना लगायतको सहभागिता रहेको थियो ।
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...
५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...
५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १को विकट मानिएको घ्याङ्सिङटार जोड्ने...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...