२० साउन, हेटौँडा । झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि हटेसँगै संसदको गतिरोध अन्त्य भएको हो ।
संसद सुचारु गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच संसदको गतिरोध अन्त्य गर्ने र पुनः यस किसिमको गतिरोधको अवस्था उत्पन्न हुन नदिन विशेष समिति गठन गर्ने सहमति भएपछि झन्डै एक महिना लामो गतिरोध अन्त्य भएको हो ।
सर्वदलीय बैठकको सहमतिअनुसार अध्ययन तथा सुझाव संसदीय विशेष समितिको संयोजकमा सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका छन् ।
सदस्यहरुमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, सांसद विन्दा पाण्डे, प्रतिपक्ष दल कांग्रेसको तर्फबाट संसदीय दलका सचेतक पुष्पा भुसाल र सांसद मीनेन्द्रप्रसाद रिजाल, राजपाको तर्फबाट संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका तर्फबाट सांसद उमाशंकर अरगरिया रहेका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख महराले विशेष समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । बैठकबाट प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरिएको हो ।
सर्लाहीमा गएको असार ५ र १४ गते भएका घटनाको छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गर्न माग गर्दै विपक्षी दल कांग्रेस र राजपाले संसद अवरोध गर्दै आएका थिए । तर, विपक्षी दल उक्त मागबाट पछि हटेको छ ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















