१२ पुस, हेटौँडा । स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य विमाको काम अघि बढाएको बताएका छन् ।
नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मंगलबार मनहरीमा गरेको बृहत आमसभामा बोल्दै मन्त्री थापाले आर्थिक अभावका कारण उपचारबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले सबै नेपालीका लागि स्वास्थ्य विमाको तयारी गरेको बताए । यसका लागि पुस महिनाभित्रमा स्वास्थ्य विमा ऐन संसदमा पेश गर्ने बताए । उनले आर्थिक विपन्नता रहेका नागरिकको विमा सरकारले नै गर्ने र आर्थिक हैसियत भएकाहरुले निश्चित रकम बुझाएर स्वास्थ्य विमा गर्न सक्ने बताए । उनले ५ बर्षभित्र सबै स्वास्थ्य चौकीहरुलाई भौतिक पूर्वाधार सम्पन्न बनाई ग्रामिण भेगसम्म सुलभ स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गर्न सरकारले काम गरिरहेको बताए ।
यसअघि आफ्ना समस्या समाधानका लागि सरकारसम्म पुग्ने अवस्थाको अन्त्य गर्न सरकार जनतामाझ पुग्ने पद्धतिको विकास गर्नु जरुरी रहेको उनको भनाई थियो । मकवानपुरको स्वास्थ्य क्षेत्रको सुधारका लागि आफुले हेटौँडा अस्पतालाई सुविधा सम्पन्न बनाउनेतर्फ ध्यान दिएको भन्दै मन्त्री थापाले पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मनहरी उपस्वास्थ्य केन्द्रको समेत स्तारोन्नति हुने बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले नेकपा एमालेले संसद अवरुद्ध गरेर लोकमान कार्कीसँग बार्गेनिङ गरिरहेको बताए । उनले लोकमान कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पेश गरेको एमालेले संसद अवरुद्ध गरेर लोकमानसँग बर्गेनिङ गरिरहेको बताए । उनले आफुलाई लोकतान्त्रिक पार्टी भन्ने एमालेले जनतालाई दुःख दिएर नभई संसदबाट यसको छिनोफानो गर्नुपर्नेमा संसद अवरुद्ध गर्ने र जनतालाई पनि दुःख दिने काम गरिरहेको बताए ।
उनले जनताको मतको सम्मान गर्दै काँग्रेसले सिंहदरबारमा मकवानपुरको प्रतिनिधित्व दिएको भन्दै यसलाई जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताए । मकवानपुरको सांस्कृतिक एवं ऐतिहासिक धार्मिक र पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा आफ्नो कार्यकाल खर्चने उनको दावि थियो ।
नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, उपसभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला नेताहरु अशोक शाक्य, रिता खनाल, जयराम लामिछाने, भरत पराजुली, रामकृष्ण प्रजा, महासमिति सदस्य चित्रबहादुर थापा, महाधिवेशन प्रतिनिधि जानकी लामा, क्षेत्रीय उपसभापति नुरोज पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेकाहरुलाई पार्टीको सदस्यता प्रदान गरिएको थियो ।
२० मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलवार जस्तै बुधबार पनि घटेको...
२० मंसिर,हेटौंडा । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको...
२० मंसिर, काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति...
२० मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई...
२० मंसिर, हेटौंडा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र...
२० मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ्ग नामक सामुद्रिक आँधीको...
१९ मंसिर,हेटौंडा । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको ३ ठाउँमा मंगलबार...
१९ मंसिर,हेटौँडा । मनहरी गाउँपालिकामा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु त्था सरोकारवालाबिच अन्तरक्रिया...
१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृतक एक महिला र...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१७ मंसिर,हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ चखेल...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने आमाछोरा रहेको खुलेको छ...
११ मंसिर,हेटौँडा । अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छिन् । संघ...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...