Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्वास्थ्य सुविधा उपलव्ध गराउन सबै नेपालीको विमा गराउँछौं : स्वास्थ्यमन्त्री थापा

Gagan-Thapa-1482843034.jpg

१२ पुस, हेटौँडा । स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य विमाको काम अघि बढाएको बताएका छन् । 
नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मंगलबार मनहरीमा गरेको बृहत आमसभामा बोल्दै मन्त्री थापाले आर्थिक अभावका कारण उपचारबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले सबै नेपालीका लागि स्वास्थ्य विमाको तयारी गरेको बताए । यसका लागि पुस महिनाभित्रमा स्वास्थ्य विमा ऐन संसदमा पेश गर्ने बताए । उनले आर्थिक विपन्नता रहेका नागरिकको विमा सरकारले नै गर्ने र आर्थिक हैसियत भएकाहरुले निश्चित रकम बुझाएर स्वास्थ्य विमा गर्न सक्ने बताए । उनले ५ बर्षभित्र सबै स्वास्थ्य चौकीहरुलाई भौतिक पूर्वाधार सम्पन्न बनाई ग्रामिण भेगसम्म सुलभ स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गर्न सरकारले काम गरिरहेको बताए । 
यसअघि आफ्ना समस्या समाधानका लागि सरकारसम्म पुग्ने अवस्थाको अन्त्य गर्न सरकार जनतामाझ पुग्ने पद्धतिको विकास गर्नु जरुरी रहेको उनको भनाई थियो । मकवानपुरको स्वास्थ्य क्षेत्रको सुधारका लागि आफुले हेटौँडा अस्पतालाई सुविधा सम्पन्न बनाउनेतर्फ ध्यान दिएको भन्दै मन्त्री थापाले पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मनहरी उपस्वास्थ्य केन्द्रको समेत स्तारोन्नति हुने बताए । 
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले नेकपा एमालेले संसद अवरुद्ध गरेर लोकमान कार्कीसँग बार्गेनिङ गरिरहेको बताए । उनले लोकमान कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पेश गरेको एमालेले संसद अवरुद्ध गरेर लोकमानसँग बर्गेनिङ गरिरहेको बताए । उनले आफुलाई लोकतान्त्रिक पार्टी भन्ने एमालेले जनतालाई दुःख दिएर नभई संसदबाट यसको छिनोफानो गर्नुपर्नेमा संसद अवरुद्ध गर्ने र जनतालाई पनि दुःख दिने काम गरिरहेको बताए । 
उनले जनताको मतको सम्मान गर्दै काँग्रेसले सिंहदरबारमा मकवानपुरको प्रतिनिधित्व दिएको भन्दै यसलाई जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताए । मकवानपुरको सांस्कृतिक एवं ऐतिहासिक धार्मिक र पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा आफ्नो कार्यकाल खर्चने उनको दावि थियो ।
नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, उपसभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला नेताहरु अशोक शाक्य, रिता खनाल, जयराम लामिछाने, भरत पराजुली, रामकृष्ण प्रजा, महासमिति सदस्य चित्रबहादुर थापा, महाधिवेशन प्रतिनिधि जानकी लामा, क्षेत्रीय उपसभापति नुरोज पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेकाहरुलाई पार्टीको सदस्यता प्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार