२२ साउन, हेटौँडा । उत्तर कोरियाले आफ्नो हातहतियार निर्माणका लागि आर्थिक जोहो गर्न साइबर आक्रमणका माध्यमबाट २ बिलियन अमेरिकी डलर अर्थात् २ खर्ब २६ अर्बभन्दा बढी रुपैयाँ चोरेको संयुक्त राष्ट्रसंघको ‘लिक’ भएको एउटा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसरी बाहिरिएको गोप्य प्रतिवेदनमा प्योङयोङ (उत्तर कोरियाको राजधानी) ले रकम जम्मा गर्नको लागि बैँक र क्रिप्टो मुद्रा विनिमयलाई निशाना बनाइएको उल्लेख छ ।
अन्तराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार संयुक्त राष्ट्रसंघले ३५ ओटा साइबर आक्रमणका बारेमा अनुसन्धान गरिरहेको छ ।
गएको मंगलबार उत्तर कोरियाले दुई ओटा मिसाइल प्रक्षेपण गरेको थियो, जुन दुई हप्ताभित्रको समयमा चौथो मिसाइल प्रक्षेपण हो ।
बुधबार जारी गरिएको बयानमा उत्तर कोरियाली नेता किम जोङ उनले मिसाइल प्रक्षेपण अमेरिका र दक्षिण कोरियाबीच भएको सामूहिक सैन्य अभ्यासको विरोधमा भएको बताएका छन् । प्योङयोङले अमेरिका र दक्षिण कोरियाबीच भएको सामूहिक सैन्य अभ्यासलाई शान्ति सम्झौताको उल्लंघनको रुपमा लिएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को उत्तर कोरिया प्रतिबन्ध समितिलाई पठाइएको प्रतिवेदनमा साइबर स्पेसको प्रयोग गरेर वित्तीय संस्था तथा क्रिप्टो करेन्सी सटही गर्ने संस्थाबाट रकम चोर्न उच्च स्तरको साइबर आक्रमण गरिएको उल्लेख गरिएको छ।
विशेषज्ञहरुले विदेशी मुद्रा कमाउन प्रयोग गरिने साइबर ‘माइनिङ’ गतिविधिमाथि पनि अनुसन्धान गरिरहेको जनाइएको छ ।
उत्तर कोरियाले आम विनाशकारी हातहतियारहरु प्राप्त गर्न तथा जहाजबाट जहाजमा अवैध स्थानान्तरण गर्नका लागि संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरु तोडेको जारी प्रतिवेदनमा भनिएको छ । (एजेन्सी)
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















