Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

औषधी र सेवा सहज गर्न बनाउन तरुण दलको सुझावपत्र

Tarun2-1565178994.jpg

२२ साउन, हेटौंडा । हेटौंडा अस्पतालको सेवा प्रवाहमा भइरहेको कमजोरीलाई सच्चाउन आग्रह गर्दै नेपाल तरुण दल मकवानपुरले बुधबार अस्पताल प्रशासनलाई सुझावपत्र बुझाएको छ । अस्पतालमा तरुण दल मकवानपुरले स्थलगत अवलोकन गर्दा धेरै कमी कमजोरी भेटिएको भन्दै तरुणले अस्पताल अध्यक्ष तथा मेडिकल सुपरिटेन्डेन्टलाई सुझावपत्र पेश गरेको हो । 
स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रको सेवा प्रवाहलाई चुस्त दुरुस्त पारी नागरिकको स्वास्थ्य अधिकारको रक्षा गर्नु अस्पतालका कर्मचारी, डाक्टर, अस्पताल प्रशासनलगायत सरोकारवालाको दायित्व भएको भन्दै तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण श्रेष्ठलाई चार बुँदे सुझावपत्र हस्तान्तरण गरेका हुन् ।
अस्पतालमा आउने बिरामीको चाप धेरै हुँदा शुल्क बुझाउन, डाक्टर कुर्न तथा औषधि लिन घण्टौं लाइन बस्नुपर्ने अवस्था आएकाले काउन्टर संख्या बढाई छिटो र सहज सेवा दिन तथा जनशक्ति थप गर्न तरुणले सुझाव दिएको छ । साथै अस्पतालमा निःशुल्क दिनुपर्ने ७० प्रकारका औषधिहरुमध्ये सबै औषधि उपलब्ध नहुने गरेकाले औषधिको व्यवस्था गर्न पनि माग गरिएको छ । 
अस्पतालमा रेबिज, टिटनाशक जस्ता रोगविरुद्धको सुई उपलब्ध नहुँदा बिरामी मर्कामा परेको विषयमा पनि तरुणको ध्यानाकर्षण भएको छ । अस्पताल परिसर, बिरामी कक्ष, शौचालयलगायतका स्थानमा प्रयाप्त सरसफाई नभएको पाइएकाले त्यतातर्फ पनि ध्यान दिन आग्रह गरिएको छ । तरुणले यसअघि गरेको ध्यानाकर्षणबाट अस्पतालमा एटिएम सेवा, टिकटमा टोकन प्रणालीलगायतका सेवा सुधार भएको भन्दै अन्य कमजोरीहरु पनि सच्याउँदै अघि बढ्न आग्रह गरिएको छ ।
सुझावपत्र बुझाउने कार्यक्रममा तरुण दल मकवानपुरका सचिवद्वय सचित थापा, सन्तोष सापकोटा, सहसचिव निरशंकर लामा, सदस्य राजु नेपाल, सञ्जय पाठकलगायतको उपस्थिति रहेको थियो ।

Tarun1-1565179037.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार