Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वमा किरा फट्याङग्राको संख्यामा कमी हुँदै

ent-hero-jewels-wandoo-np-1565317583.jpg

२४ साउन, हेटौँडा । किरा फट्याङ्ग्राको सङ्ख्याबारे गरिएको एक वैज्ञानिक समीक्षापछि तिनका प्रजातिमा पृथ्वीभर ठूलो गिरावट आइरहेको पत्ता लागेको छ । 
अध्ययनका अनुसार विशेषगरी मौरी, कमिला र गोब्रे किरा स्तनधारी, जलथल प्राणी अनि चराहरु भन्दा ८ गुना तिव्र रुपले लोप भइरहेका छन् । तर यता झिँगा, साङ्ला लगायतका प्रजातिहरु भने अझ बढ्दै जाने अनुमान गरिएको छ । 
यसरी कृषि, किटनाशकको व्यापक प्रयोग र जलवायु परिवर्तनका कारण किराहरुको सङ्ख्यामा यस्तो गिरावट देखा परेको बताइएको छ । किराफट्याङ्ग्रा जमिनमा बस्ने पृथ्वीका सबैभन्दा धेरै सङ्ख्यामा रहेका प्राणी हुन् जसले मानव जाति सहित विभिन्न प्रजातिलाई फाइदा पुर्याउने गरेका छन् । 
चरा, चमेरा लगायत साना स्तनधारीहरुले आहारका रुपमा किरालाई नै उपभोग गर्ने गरेका छन् भने किराफट्याङ्ग्राले नै विश्वका करिब ७५ प्रतिशत बालीको सेचन गराउने गर्दछन् र साथै माटोलाई खेतीयोग्य राख्न पनि मद्दत गर्दछन् । 
यस्तोमा किराका प्रजाति विनाश हुँदै जानुले सबैभन्दा पहिले मानिसलाई अन्न उब्जाउनमा समस्या गराउँछ भने प्राकृतिक चक्र अर्थात ‘इकोसिस्टम’ मा पनि नकारात्मक असर पर्दछ । किराहरु नै विश्वमा धेरै किसिमका इकोसिस्टमको आधार रहँदै आएको छन् जसको सुरुवात ४ करोड वर्ष अगाडि भएको थियो ।  
त्यसैले पनि यसले मानिस लगायत पृथ्वीका सम्पूर्ण प्राणीको जीवनमा विनाशकारी असर पार्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ । साथै ८० प्रतिशत जङ्गली विरुवाहरु पनि सेचनका लागि किरामै निर्भर हुन्छन् भने ६० प्रतिशत चराहरुको प्रमुख आहार किरा नै हो । 
यस्तोमा खाद्य श्रोतको कमी भए ठुल्ठुला चराहरुले किराको सट्टा अरु नै जीव चुन्नु पर्ने हुन्छ भने एकअर्कालाई नै प्रहार गर्ने खतरा पनि रहेको छ । यस्तोमा जैविक विविधता जोगाउन र प्राकृतिक सन्तुलन कायम राख्नका पनि किराले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यिनै कारणले गर्दा यो खोजलाई गम्भीरतापूर्वक हेरिएको वैज्ञानिकहरुले बताएका हुन् ।

तर यसअघिका अध्ययनहरुमा पनि पछिल्लो समय केही विशेष प्रजाति जस्तै मौरीले विकसित अर्थतन्त्रहरुमा भारी गिरावटको सामना गरिरहेको देखिएको छ । जोर्नाल बायोलोजिकल कन्जरभेसनमा प्रकाशित यस रिपोर्टले पछिल्ला १३ वर्षमा विश्वभर प्रकाशित ७३ अनुसन्धानहरुको गहिराइमा अध्ययन गरेको दाबी गरेको छ । जसबाट वैज्ञानिकहरुले केही दशकमै पृथ्वीका करिब सबै क्षेत्रबाट ४० प्रतिशत किरा लोप हुन सक्ने चिन्ताजनक निष्कर्ष निकालेका छन् । 
अहिले नै एक तिहाइ किराका प्रजातिलाई लोपोन्मुखमा वर्गीकृत गरिएको छ । यसबारे युनिभर्सिटी अफ सिड्नीबाट डाक्टर फ्रान्सिस्को सानचेज बायोले भनेका छन् – यसमा कृषिगत अभ्यास, शहरीकरण र वनजङ्गल फडानी मुख्य रुपमा जिम्मेवार छन् । यिनै कारण तिनीहरुले आफ्नो वासस्थान गुमाउनु परिरहेको छ । यसपछि किटनाशक र रसायनको विश्वव्यापी प्रयोग अनि प्रदुषणले पनि किराको वासस्थान नष्ट गरिरहेको उनी बताउँछन् । त्यस्तै जिवात्मक तत्वहरुका कारण पनि कतिपय प्रजाति लोप हुँदै गइरहेको बताइएको छ । (बाह्खरी)
 

invertebrate-0.jpg-1565317585.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार