४ भदौ, हेटौँडा । प्रमुख राजनीतिक दलहरु सङ्घीयता, गणतन्त्र, लोकतान्त्रिक व्यवस्था र संविधानको पक्षमा एकताबद्ध भएर अगाडि बढ्ने भएका छन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका शीर्ष नेताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको भन्दै एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा बाबुराम भट्टराईसहित अन्य नेताले गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि ऐक्यबद्धता जनाएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्नेमा जोड दिँदै देशमा फेरि कुनै प्रकारको हिंसात्मक गतिविधि हुन नदिने बताएका थिए । हिंसात्मक गतिविधिलाई प्रोत्साहित गर्न नहुने प्रधानमन्त्रीको भनाइ थियो ।
संविधान र कानून विरोध गतिविधिलाई जसरी भएपनि नियन्त्रण गर्नुपर्ने निष्कर्ष निकालिएको भन्दै आवश्यक परे वार्तामार्फत समस्याको समाधान गर्नुपर्दछ भन्नेमा सबै दल सहमत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
हिजो मंगलबारको बैठकमा समसामयिक राजनीति संगै प्रधामन्त्रीले आफ्नो स्वास्थ्य बारे पनि नेताहरुलाई जानकारी गराएका थिए ।
सर्वदलिय बैठक आज बुधबार पुनः बस्ने भएको छ । आजको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी चयन र शान्ति प्रक्रियाका बाँकि काम कसरि सम्पन्न गर्ने भन्ने विषय केन्द्रित छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सचिवालय सदस्य झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय अध्यक्ष बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर, कांग्रेसका नेता कृष्ण सिटौला, मिनेन्द्र रिजाल, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव लगाएतको उपस्थिति रहेको थियो ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















