File Photo
८ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीदेखि पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणसम्मका विषय उठेका छन् । आइतबार बसेको बैठकमा अधिकांश सांसदले प्राकृतिक प्रकोपको बारेमा आफ्ना क्षेत्रका समस्या उठाएका थिए भने राजधानी र पुडासैनीको मृत्यु प्रकरणले समेत प्रवेश पाएको हो ।
प्रदेशसभामा बोल्दै प्रदेशसभा सदस्य निमा लामाले प्रदेश सरकार गठन भएको १८ महिना भईसक्दा पनि राजधानी र नामको टुंगो नलागेको भन्दै आपत्ति जनाए । उनले राजधानी अध्ययन विशेष समितिको प्रतिवेदन र कार्यविधि समेत बनिसकेको अवस्थामा दराजमा थन्क्याईएको भन्दै यथाशिघ्र राजधानी र नामको विषय अघि बढ्नुपर्ने माग गरे । उनले मूख्यमन्त्री र कानूनमन्त्रीले सदनमा पटक पटक छिटै सहमतिमा टुंगिन्छ भनेर संसदलाई अनिर्णयको बन्दी बनाएको गुनासो गरे । उनले गत आर्थिक बर्षको झैं बजेट कार्यान्वयन कमजोर नहोस् भन्नेतर्फ सचेत गराए । उनले विपदमा घटनाका पीडितहरुलाई रातह र पुर्नस्थापनाको काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रदेशसभा सदस्य केशवराज पाण्डेले शालिकराम पुडासैनी हत्या प्रकरणको बारेमा संसदमा कुरा उठाएका थिए । उनले घटनाको छानविन नगर्न सडकमा नारा लगाईएको प्रति आपत्ति जनाउँदै राज्यको कानून अनुसार घटनाको छानविन हुनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्यहरु रामकाजी महर्जन, लालकुमारी पुन, सरस्वति बस्नेत, विशाल खड्काले विपदका कारण सडक सञ्जाल, खानेपानी लगायतका संरचना क्षतिग्रस्त भएको भन्दै यथाशिघ्र राहत र पुर्नस्थापनाको काम गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



