८ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीदेखि पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणसम्मका विषय उठेका छन् । आइतबार बसेको बैठकमा अधिकांश सांसदले प्राकृतिक प्रकोपको बारेमा आफ्ना क्षेत्रका समस्या उठाएका थिए भने राजधानी र पुडासैनीको मृत्यु प्रकरणले समेत प्रवेश पाएको हो ।
प्रदेशसभामा बोल्दै प्रदेशसभा सदस्य निमा लामाले प्रदेश सरकार गठन भएको १८ महिना भईसक्दा पनि राजधानी र नामको टुंगो नलागेको भन्दै आपत्ति जनाए । उनले राजधानी अध्ययन विशेष समितिको प्रतिवेदन र कार्यविधि समेत बनिसकेको अवस्थामा दराजमा थन्क्याईएको भन्दै यथाशिघ्र राजधानी र नामको विषय अघि बढ्नुपर्ने माग गरे । उनले मूख्यमन्त्री र कानूनमन्त्रीले सदनमा पटक पटक छिटै सहमतिमा टुंगिन्छ भनेर संसदलाई अनिर्णयको बन्दी बनाएको गुनासो गरे । उनले गत आर्थिक बर्षको झैं बजेट कार्यान्वयन कमजोर नहोस् भन्नेतर्फ सचेत गराए । उनले विपदमा घटनाका पीडितहरुलाई रातह र पुर्नस्थापनाको काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रदेशसभा सदस्य केशवराज पाण्डेले शालिकराम पुडासैनी हत्या प्रकरणको बारेमा संसदमा कुरा उठाएका थिए । उनले घटनाको छानविन नगर्न सडकमा नारा लगाईएको प्रति आपत्ति जनाउँदै राज्यको कानून अनुसार घटनाको छानविन हुनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्यहरु रामकाजी महर्जन, लालकुमारी पुन, सरस्वति बस्नेत, विशाल खड्काले विपदका कारण सडक सञ्जाल, खानेपानी लगायतका संरचना क्षतिग्रस्त भएको भन्दै यथाशिघ्र राहत र पुर्नस्थापनाको काम गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...
८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...
८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । ट्रम्पले सोमबार...
८ माघ, हेटौंडा । सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको...
८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून...
७ माघ, हेटौंडा । सशस्त्र प्रहरीले रौतहटमा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार...
७ माघ, हेटौंडा । नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फोनवार्ता...
७ माघ, हेटौंडा। संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...
२७ पुस, हेटौंडा। मकवानपुरको हेटौंडामा शुक्रबार बाघले स्थानीयको बाख्रा मारेको छ । हेटौंडा १३ आलदमारमा पुर्ण...
२८ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।...