Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

नेकपा सचिवालय बैठकः विभिन्न विभागको जिम्मेवारी तोकियो

Pukada_12_878929231-1566811700.jpg

९ भदौ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ ।
पार्टी कार्यालय धुमबराहीमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा कानुन मनत्री भानुभक्त ढकाललाई र उपप्रमुखमा राम कुमार राईलाई नियुक्त गरेको हो ।
यसअघि राईलाई खोटाङको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । सो जिम्मेवारीबाट हटाएर राईलाई राष्ट्रिय सुरक्षा विभाग उपप्रमुखको जिम्मेवारी दिईएको हो ।
यसैगरी प्रादेशीक मामिला विभागको उपप्रमुखमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई नियुक्त गरेको छ । यस्तै पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिईएको छ ।
बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पद्मा राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशत सम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधान अनुसार सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गिय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई नियुक्त गरेको छ । यसअघि उपप्रमुखको जिम्मेवारी धर्मदत्त देवकोटालाई दिईएको थियो ।
बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्व राजदुत प्रमेश हमाललाई नियुक्त गरेको छ भने सह संयोजकको जिम्मेवारी रमेश धमाललाई दिईएको छ ।  
त्यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदुर पश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा विरमान चौधरी लाई नियुक्त गरिएको छ । चौधरीलाई यसअघि कैलालीको सहइन्चार्ज को जिम्मेवारी दिईएको थियो ।
अखिल नेपाल महिला संघको सह इन्चार्जमा अमृता थापा र सिता पौडेललाई थप गरिएको छ । आदीवासी जनजाती महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा सुरेश आलेमगर र शेर बहादुर तामाङलाई थप गरिएको छ ।
नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा  तिलक परियार र बोम बहादुर विश्वकर्मालाई, प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने, सहइन्चार्जमा खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङवाङलाई, इन्जिनियरिङ संगठनको सहइन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सहइन्चार्जमा हिक्मत कार्कीलाई नियुक्त गरिएको छ ।
त्यसैगरी ताप्लेजुङ जिल्ला सहइन्चार्जमा तिलकुमार मेन्याङबो, सुनसरी जिल्ला सहइन्चार्जमा भगवती चौधरी, सिरहा जिल्ला सहइन्चार्जमा प्रमोद नारायण यादव र हरिनारायण चौधरी र चुँडामणी जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलाली जिल्ला सहइन्चार्जको जिम्मेवारी दिईएको छ ।  

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
ताइवानमा शक्तिशाली भूकम्प
202412213285236-1737429547.jpg

८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...

जनकपुरमा दुईवटा सरकारी गाडी ठोक्किदा, मन्त्री घाइते
images-1737429270.jpg

८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...

विश्वमा एकताको नयाँ भावना ल्याउने ट्रम्पको दावी
2025-01-20T170835Z_818986-1737422624.jpg

८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् ।  ट्रम्पले सोमबार...

माघ १८ गतेदेखि हिउँदे अधिवेशन शुरू हुने
1641373260_1615078427_san-1737420352.jpg

८ माघ, हेटौंडा । सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको...

पाँच प्रदेशमा मुख्यतया मौसम सफा रहने
kathmandu-sky-(1)-1737419976.jpg

८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून...

पेस्तोल र गोलीसहित भारतीय पक्राउ
Pakrau-1024x477-1-1737381551.jpg

७ माघ, हेटौंडा । सशस्त्र प्रहरीले रौतहटमा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार...

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसंग फोनवार्ता
Screenshot_20250115_08114-1737376017.jpg

७ माघ, हेटौंडा । नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फोनवार्ता...

हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरिने
Screenshot_20240412_15562-1737372521.jpg

७ माघ, हेटौंडा। संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार...

गुडिरहेको मोटरसाइकलमा बाघले झम्टिदा दुईजना घाइते
download-1737360554.jpg

७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...

थप समाचार