१० भदौं, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक सर्वसम्मत पारित भएको छ ।
सामाजिक विकासमन्त्री युवराज दुलालले पेश गरेको विधेयक संसदबाट सर्वसम्मत पारित भएको हो । विधेयकमाथिको छलफलमा भाग लिंदै सांसद दिपक निरौला लगायतले विधेयक नाम मदनकुमार भण्डारी भन्दा पनि मदन भण्डारी राख्दा राम्रो हुने धारणा प्रस्तुत गरेका थिए । समितिको प्रतिवेदनमा मदनकुमार भण्डारी भएकोमा मन्त्रीको स्विकृति अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नामाकरण भई विधेयक पारित भएको थियो ।
यसक्रममा सांसद रमेश पौडेलले संसदबाट गलत नजिर बस्न लागेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले यातायात सम्बन्धी विधेयकमा यातायात समितिमा उपभोक्ताको प्रतिनिधिको संख्या बढाउन आफुले प्रस्ताव पेश गरेको र समितिमा समेत यसबारे सहमति भएपनि विधेयकमा नआएको बताउँदै विधेयक संसदमा पेश भएपछि प्रश्न उठाउँदा मूख्यमन्त्री डोरमणी पौडेलले समावेश गर्ने उल्लेख गरेको बताए ।
तर मूख्यमन्त्रीले सो कुरा विधेयकमा समावेश गर्ने रोष्टमबाट बताएपनि विधेयकमा उल्लेख नभएको तर मंगलबार मन्त्रीले स्विकृति जनाउने वित्तिकै संशोधन भएको भन्दै आपत्ति जनाएका थिए ।
बैठकमा प्रदेशसभा नियमावलीको पहिलो संशोधन समेत सर्वसम्मत पारित भएको छ । यसअघि विशेष समयमा सांसदहरुले आफ्नो क्षेत्रका समस्या, राजधानीको विषय र समसामयिक विषयमा धारणा राखेका थिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















