१२ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशसभाबाट विहिबार दुई विधेयक बहुमतले पारित भएको छ । बैठकबाट प्रदेशसवारी तथा यातायात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेशसभा सचिवालय सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।
बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सवारी तथा यातात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए । विधेयक निर्णयार्थ पेश गर्दा विवेकशिल नेपाली दलका सांसद रमेश पौड्याल र विराजभक्त श्रेष्ठले विपक्ष रहेपछि विधेयक बहुमतले पारित भएको थियो । त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए ।
विधेयकको विपक्षमा विवेकशिल नेपाली दलका सांसदहरु रमेश पौड्याल, विराजभक्त श्रेष्ठ र राप्रपाकी सांसद रिता माझी रहेपछि विधेयक बहुमतले पारित भएको छ । सचिवालय सम्बन्धी विधेयकमा धारणा राख्दै प्रदेशसभा सदस्य विजया श्रेष्ठ केसी, रमेश पौड्याल, विराजभक्त श्रेष्ठ, रिना गुरुङले राजनैतिक नियुक्ति प्राप्त व्यक्तिलाई आर्थिक अधिकार दिन नहुने बताएका थिए । उनले प्रदेशसभामा सचिवको व्यवस्था गर्न माग गर्दै आर्थिक अनुशासन विपरित हुने काम नगर्न माग गरेका थिए ।
त्यस्तै, मूख्यमन्त्री डोरमणी पौडेलले पेश गरेको प्रदेश लोकसेवा सम्बन्धी विधेयक प्रदेश मामिला समिति, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेश गरेको सार्वजनिक नीजि सहकारी साझेदारी सम्बन्धी विधेयक अर्थ तथा विकास समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पेश गरेको प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी विधेयक उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाउने निर्णय सर्वसम्मत भएको छ ।
बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















