१९ भदौ, हेटौंडा । वायु प्रदुषणका कारण हुने मानिसको मृत्युको दर अघिल्लो वर्ष भन्दा दोब्बरले वृद्धि भएको नयाँ रिपोर्टमा दाबी गरिएको छ ।
यस्तोमा विश्वभर ८८ लाख भन्दा बढी मानिसहरुले वायु प्रदुषणसँग सम्बन्धित कारणले नै ज्यान गुमाउने गरेको पाइएको हो ।
विकसित युरोपेली राष्ट्रहरुमा समेत करिब आठ लाख मानिसको प्रदुषणकै कारण असामयिक मृत्यु भएको चिनियाँ राष्ट्रिय सञ्चार सिजिटिएनले जनाएको छ ।
वैज्ञानिकहरुले मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने ४०–८० प्रतिशत मानिसको आर्टरी धुलोधुँवाका कारण अवरुद्ध हुने गरेको पत्ता लगाएका हुन् । यसको अर्थ धुम्रपानबाट भन्दा मानिसहरु प्रदुषणका कारण असामयिक मृत्युको शिकार भइरहेका छन् ।
यसअघि विश्व स्वास्थ्य संगठनले पनि २०१५ को रिपोर्टपछि प्रदुषण नै अतिरिक्त ७२ लाख मानिसको मृत्युका लागि जिम्मेमार रहेको उल्लेख गरेको थियो ।
युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन अनुसार दुषित हावाका कारण मुटु सम्बन्धी रोग लाग्ने क्रम धेरै वृद्धि भइसकेको छ । यसैले पनि धुम्रपानबाट बरु बच्न सकिने तर वायुप्रदुषणबाट टाढा रहन नसकिने अनुसन्धानका प्रमुख, प्रोफेसर थोमस बताउँछन् ।
यसअघि अत्यन्तै सुक्ष्म धुलोका कणहरुमा हुने नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र जमिनको सतहको ओ–जोन का कारण अन्न उत्पादनमा समेत समस्या देखा परिरहेको बताइएको थियो ।
युरोपमा मात्र वार्षिक ८ लाख मानिसको धुलोधुँवका कारण मृत्यु हुने गरेको छ भने यसले सबैको औसत आयुलाई दुई वर्षले घटाइरहेको बताइएको छ ।
विशेषगरी पूर्वी युरोपेली राष्ट्र सहित बल्गेरिया, क्रोएसिया, रोमानिया र युक्रेनमा प्रति १ लाख जनसङ्ख्यामा २०० जनाको मृत्यु हुने गरेको पाइएको छ । त्यस्तै यता जर्मनीमा १५४ पोल्यान्डमा १५० र बेलायतमा पनि वायु प्रदुषणले प्रति ९८ को ज्यान लिइसकेको छ ।
घना जनसंख्या र कम गुणस्तरको वायुका कारण नै युरोपमा धेरै मानिसले दूीषत हावा लिइरहेको हुँदा अतिरिक्त मृत्युको संख्या बढ्न पुगेको बताइएको छ । (साभारः बाह्खरी)
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...


















-1784273395.jpg)