Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसको दोश्रो चरणको जागरण अभियान मकवानपुरमा सुरु

70405117_531583484251555_-1568121511.jpg

२४ भदौ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले जननेता वी.पी. कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर मंगलबारबाट मकवानपुरको चारै प्रदेश क्षेत्रबाट दोश्रो चरणको जागरण अभियानको शुभारम्भ गरेको छ ।
कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभा १ को क र ख तथा प्रतिनिधिसभा २ को क र ख क्षेत्रमा १०६ वटाका दरले ४ साय २३ वटा विभिन्न जातका विरुवा रोपेर दोश्रो चरणको जागरण अभियानको शुरुवात गरेको हो ।
प्रतिनिधिसभा १ र २ को ख मा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री डा. सशांक कोइरालाको प्रमूख आतिथ्यतामा १०६ वटाका दरले २१२ वटा विभिन्न जातका विरुवा रोपिएको छ ।
जागरण अभियानको उद्घटन कार्यक्रममा बोल्दै प्रमूख अतिथि कोइरालाले पाटीभित्रको आन्तरिक तिक्ततालाई मेटाउँदै कम्युनिष्टको गलत क्रियाकलापको भण्डाफोर गर्दै आमजनतामा जान दोश्रो चरणको जागरण अभियान सुरु गरेको बताए ।
नेता कोइरालाले कांग्रेस आफ्नै आन्तरिक कलहले मात्रै हारेको बताउँदै कांग्रेसजन एकजुट भए कसैले पनि हराउन नसक्ने भन्दै वीपीको सिद्धान्त ठूलो मान्छे हैन, असल मान्छे बन भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै सबैलाई एकजुट भई पार्टीलाई एकढिक्का बनाएर अगाडी बढन आग्रह गरे ।
यस्तै जागरण अभियान अन्तर्गत कांग्रेसको प्रतिनिधिसभा १ को क मा क्षेत्रीय सभापति डिल्लीप्रसाद घोरासैनीको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहालको प्रमूख आतिथ्यता बृक्षारोपण कार्यक्रम भएको थियो । 
यसैगरी प्रतिनिधिसभा १ को ख मा क्षेत्रीय उपसभापति गणेशहरी उप्रेतीको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरेको आतिथ्यतामा कार्यक्रम भएको थियो ।
यसैगरी प्रतिनिधिसभा २ क ईन्द्रशरोबर गाउँपालिकाको शेरामा प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि प्रतिमा गौतमको प्रमूख आतिथ्यतामा १०६ थान विरुवा रोपी जागरण अभियानको शुभारम्भ गरिएको छ ।
यस्तै प्रतिनिधिसभा २ को ख मा क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा जागरण अभियान शुभारम्भ गरिएको थियो । मकवानपुरको चारैक्षेत्रमा छुट्टाछुट्टै गरिएको कार्यक्रमहरुमा कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, राजिव सुवेदी, कृष्णभक्त श्रेष्ठ, खड्ग गोपाली, प्रमोद जोशी, प्रतिनिधिसभा १ का सभापति दामोदर खनाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, महासमिति सदस्य दीनेश उपाध्याय, प्रतिनिधिसभा २ को ख का क्षेत्रीय उपसभापति नुरोज पौडेललगायतकाले मन्तव्य राख्नुभएको थियो ।
 

69760207_3710045162355135-1568121515.jpg
70047591_1684129511723781-1568121556.jpg
70008205_2446173308991658-1568121558.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

थप समाचार