२५ भदौ, हेटौंडा । भारतको कर्णाटकस्थित बेलगावी जिल्लामा एक २१ वर्षीय युवकले मोबाइल गेम पब्जी खेल्न नदिएका कारण आफ्नै बाबुको घाँटी रेटेर हत्या गरेका छन् ।
रघुबीर कुम्भर नामका ती युवकलाई पब्जी खेल्ने लत लागेको थियो र त्यसले उनको पढाइमा असर गरिरहेको थियो । बेलगावीका प्रहरी कमिस्नर बीएस लोकेशकुमारले बीबीसीलाई बताएअनुसार सो युवकलाई पब्जीको लत रहेकोले उनी आफ्ना बाबुले मोबाइल चार्ज गरे हुन्थ्यो भन्ने चाहन्थे ताकि गेम खेल्न सकियोस् ।
यो विषयलाई लिएर बाबु छोराको सो दिन झगडासमेत भएको थियो । त्यसपछि छोराले आफ्नी आमालाई कोठाबाट बाहिर जान आग्रह गरेको थियो । लगत्तै उसले आफ्नो बाबुको हत्या गरेको थियो । सो घटनापछि अभियुक्त युवककी आमा चिच्याउँदै घर बाहिर निस्किन् । छिमेकीले प्रहरीलाई बोलाए । रघुबीरलाई प्रहरीले गिरफ्तार गरेको छ ।
युवकका पिता शेखरप्पा प्रहरी विभागका अवकाश प्राप्त कर्मचारी हुन् । उनले सो घटनाको एक दिनअघि आफ्नो छोराको लतको बारेमा प्रहरीलाई सूचना दिएका थिए । प्रहरीलाई उनले आफ्नो छोराले घरमा ढुंगा फ्याक्ने गरेको समेत बताएका थिए । सो विषयलाई लिएर शेखरप्पा प्रहरी स्टेशनमा जानुपरेको थियो ।
रघुबीरमाथि मोबाइल गेम खेल्न नदिँदा गर्दा घरमा ढुंगा प्रहार गर्ने गरेको आरोप पहिला नै लागेको थियो । यस प्रकारको व्यवहारले रघुबीरको मानसिक अवस्थाको अनुमान लगाउन सकिने विज्ञहरु बताउँछन् ।
नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्यूरो साइन्सेजका अतिरिक्त प्रोफेसर डा. मनोजकुमार शर्माले बीबीसीलाई भने,“जब आमा बाबुले बच्चासँग मोबाइल फोन फिर्ता लिन्छन् वा उनीहरुलाई गेम खेल्न दिँदैनन् त्यसले गेमको लतमा परेका बच्चालाई सबैभन्दा बढी असजिलो महसुस हुन्छ । उनीहरु चिडचिडाहट र रिस देखाउन थाल्दछन् ।”
डा. शर्मा अहिलेसम्म खेलका कारणले कसैको व्यवहारमा परिवर्तन आएको प्रमाण फेला नपरे पनि हिंस्रक गेम खेल्नाले उनीहरुको व्यवहारमा परिवर्तन आएको आफन्तहरुले बताएको उल्लेख गर्छन् ।
उनका अनुसार यसप्रकारको व्यवहारको मुख्य कारण मानिस बाहिरको दुनियाँसँग पुरै सम्पर्कविच्छेद अवस्थामा रहनु हो । उनीहरुले यही आफ्नो दुनियाँ भएको सोचिरहेका हुन्छन् ।
डा. शर्मा यस्ता गेम खेल्ने कतिपयलाई कुनै प्लेयर, स्ट्रीमर वा गेम डेभलपरको जस्तो रोजगारी समेत मिल्ने विश्वास पलाउने गरेको बताउँछन् । पछिल्लो समयमा आएर यस्ता विषयमा मनोवैज्ञानिक तथा मनोचिकित्सकले चिन्ता व्यक्त गर्न थालेका छन् ।
डा. शर्माका अनुसार उनको क्लिनिकमा आउने १० जनामा सात वा आठ मानिस अत्यधिक मोबाइल प्रयोगका कारण समस्यामा पर्ने गरेको पाइएको छ ।
उत्तरी कर्णाटकको हुबलीस्थित मानस इन्स्टिच्युट अफ मेन्टल हेल्थका सिनियर मनोचिकित्सक डा. विनोद कुलकर्णी भन्छन, “हामीलाई ग्रामीण तहबाट पनि तीन चार सय मामिला त्यस्ता आएका छन् जसमा मोबाइल फोनका कारण समस्या परेको पाइएको छ । उनीहरुले मोबाइलको लतका कारण समस्या आएको बताउने गरेका छन् ।”
डा. शर्मा लतको शिकार भएका व्यक्तिलाई एकै झड्कामा लतबाट मुक्त गर्न असम्भव हुने बताउँछन् ।
यस्ता व्यक्तिलाई विस्तारै जागरुक बनाउन आवश्यक हुने उनको भनाइ छ । उनी त्यस्तो लत भएका बच्चालाई काउन्सिलिङ गर्नुपर्ने समेत बताउँछन् । गेम खेल्नु खराब कुरा नभए पनि अति नै खेल्नुले भने समस्या ल्याउने उनको भनाइ छ । (बाह्खरी÷बीबीसी)
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















