Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस जिम्मेवार नभए लोकतन्त्र धरापमाः नेता बानियाँ

2-1568723110.jpg

३१ भदौ, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले अब पनि कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ख को आयोजनामा दोश्रो जनजागरण अभियानअन्तर्गत मंगलबार हेटौंडामा सम्पनन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता बानियाँले बर्तमान दुईतिहाईको कम्युनिष्ट सरकारको दम्भ र यसका आसेपासे तथा केही उद्दण्ड समूहका कारण लोकतन्त्रनै धरापमा पर्न लागेको दावी गरे ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता बानियाँले कम्युनिष्ट शासनलाई दुईवर्षसम्म पर्ख र हेरको सिद्धान्त अबलम्बन गर्दै बसेको तर अब पनि सरकारको रवैयामा परिवर्तन नआए सशक्त प्रतिकार र खबरदारी गर्न कांग्रेस तत्पर रहनुपर्ने बताए ।
नेता बानियाँले दोश्रो चरणको जागरण अभियानमार्फत बर्तमान सरकारले निर्वाचनका बेला गरेका प्रतिबद्धता र हाल गरिरहेको कामको बास्तविकताका बारेमा जानकारी गराउँन अगुवा नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले जनतालाई कांग्रेसले विगतमा गरेको महत्वपूर्ण काम र इतिहासका बारेमा पनि जानकारी गराउँन आग्रह गरे ।
अन्र्तक्रिया कार्यक्रममा क्षेत्र नम्बर १ को ख अन्तर्गतका हेटौंडा उपमहानगरपालिकाका १२ वटा वडाका वडा सभापति एवम् प्रतिनिधिहरुले कांग्रेसका नेताहरुले गुटउपगुट, झुण्ड र नाताबाद त्यागेँ कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका थिए ।
कांग्रेस मकवानपुर क्षेत्र १ को ख का क्षेत्रीय उपसभापति गणेशहरि उप्रेतीको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा हेटौंडाका २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ का गरी १२ वडाका सभापति तथा प्रतिनिधिहरुले कम्युनिष्टको अन्याय अत्याचार र खोक्रो आश्वासनको भण्डाफोर तथा कांग्रेसले गरेका महत्वपूर्ण कामको जानकारी आम जनतामा पु¥याउन नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझावसहितको प्रतिवेदनसमेत बुझाएका थिए ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरे, पार्टीका प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजन खरेल, क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र १ ख का क्षेत्रीय कोषाध्यक्ष रामहरि खरेल, नेपाल दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, ६ नम्बर वडाअध्यक्ष अर्जुन चौलागाईं, नेपाल महिला संघकी सचिव निलम देवकोटा, जिल्ला सदस्य गीताकुमारी न्यौपाने, महिला नेतृ लक्ष्मी थिङ्गले बोलेका थिए ।
कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरि ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
 

1-1568723111.jpg
8-1568723164.jpg
22-1568723164.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार