Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता

Nirwachan-1568778160.png

१ असोज, काठमाडौं । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता भएका छन् । 

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम परिवर्तन भएका दललाई उपनिर्वाचनका लागि आयोगले आह्वान गरेबमोजिम सोमबार १४ दल दर्ता भएकामा मंगलबार ५ दल थपिएसँगै दर्ता दलको संख्या १९ पुगेको समाचार नागरिकमा छ । आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम परिवर्तन भएका दललाई उपनिर्वाचनका दर्ताका लागि मंगलबारसम्मको समय तोकेको थियो।

आयोगका अनुसार मंगलबार दर्ता भएका दलमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली कांग्रेस बिपी, ग्रिन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल छन् । यसअघि सोमबारसम्म सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), समाजवादी पार्टी, मंगल नेसनल अर्गनाइजेसन, मुस्कार सेना नेपाल पार्टी, साझा पार्टी, परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक, नेपालवाद पार्टी, नेकपा पुष्पलाल पार्टी, राष्ट्रिय नागरिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, जनमत पार्टी र नेपाल लोकतान्त्रिक पार्टी दर्ता भएका थिए।

आयोगले २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य वा स्थानीय तह सदस्यको निर्वाचन प्रयोजनका लागि दर्ता नभएका राजनीतिक दल, एकिकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दल र निर्वाचनपछि आयोगमा दर्ता हुन आएका दललाई भदौ मंगलबारसम्म दर्ताका लागि आह्वान गरेको थियो। जसअनुसार उपनिर्वाचनमा भाग लिनका लागि आयोगले भदौ ३१ गतेसम्मको समयसीमा तोकेको थियो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन ९२ दल आयोगमा दर्ता भएका थिए भने स्थानीय तहको निर्वाचनमा भाग लिन ८० दल आयोगमा दर्ता भएका थिए।

आगामी मंसिर १४ गते विभिन्न कारणले पद रिक्त भएका प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, र वडाध्यक्ष ४२ गरी ५१ पदको उपनिर्वाचन हुदैछ। आयोगले उपनिर्वाचनमा भाग लिन पाउने ३७ जिल्लाका १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार